२० मंसिर २०८२, शनिबार | December 7, 2025

स्कुल, कलेज अनिश्चितकालिन बन्द, होटल रेष्टुरेन्टमा पुनः ‘टेक अवे’; भारतीय नागरिकलाई नेपालमा काम गर्न रोक



काठमाडौं । भदौं १ गतेदेखि भर्ना अभियान सुरु गर्ने तयारीमा रहेको देशभरका शिक्षणसंस्थाहरु अनिश्चितकालका लागि बन्द भएका छन् ।

सरकारले सबै शैक्षिक संस्थालाई अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको जोखिम झन बढेकाले अर्को सूचना जारी नभएम्मका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता खतिवडाले शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय गरिएको बताए ।

यसैगरी काठमाडौं उपत्यका र २०० भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा ‘सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीले मात्रै कार्यालय संचालन गर्ने निर्णय गरेको पनि खतिवडाले जानकारी दिए ।

‘बाँकी कर्मचारीले घरबाटै काम गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउने’, उनले भने । जनतासँग प्रत्यक्ष जोडिएर दिने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउन उनले आग्रह गरे ।

बढी जनसम्पर्क हुने कार्यालयका सेवा अनलाइनबाट सम्भव नदेखिए अर्को निर्णय नभएसम्म बन्द गर्न गर्न प्रवक्ता खतिवडाले कार्यालय प्रमुखहरुलाई आग्रह गरे ।

यस्तै, होटल रेष्टुरेन्टमा फेरि टेक अवेको नियम लगाइएको छ । साउन १५ गतेदेखि सुचारु गरिएको होटल, रेष्टुरेन्टमा बसेर खान नपाइने नियममा पुनः रोक लागेको हो । कोरोना महामारी बढेका कारण अब फेरि टेक अवेमात्रै गर्न मिल्ने बनाइएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

भारतबाट नेपाल छिर्ने १० नाका
सरकारले भारतबाट नेपाल छिर्ने साविकका २० नाकालाई घटाएर १० मा झारेको छ । काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइने सरकारा प्रवक्ता डा. खतिवडाले जानकारी दिए ।

स्वदेश फर्किन चाहने नेपाली नागरिकले अब तोकिएका नाकाबाट मात्र छिर्न पाउनेछन् । अन्य नाकाबाट छिर्नलाई कडा प्रतिबन्ध लगाइएको छ । सीमा नाकालाई भदौ ३१ गतेसम्म बन्द गरिएको छ ।

भारतीय नागरिकलाई नेपालमा आएर काम गर्न पनि रोक लगाइएको छ ।

सीमा क्षेत्रमा मानवीय आवाजावत बढ्दा कोरोना संक्रमण फैलिएकाले निर्णय गरिएको प्रवक्ता खतिवडाले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ५ : ३७ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल