५ श्रावण २०८३, मंगलबार | July 21, 2026

गोंगबु हत्या : अवैध सम्बन्ध र आर्थिक लेनदेन



काठमाडौं । आइतबार गोंगबु गणेशथाननजिकै भएको बीभत्स हत्याको कारण अवैध सम्बन्ध र आर्थिक लेनदेन रहेको पाइएको छ । हत्यापछि फालिएको अवस्थामा शव भेटेलगत्तै तीव्र रूपमा अनुसन्धान अघि बढाएको प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरेपछि अवैध सम्बन्ध र आर्थिक लेनदेन नै हत्याको कारण रहेको प्रारम्भिक निष्कर्ष निकालेको हो ।

आइतबार विहान ७ बजे गोंगबुको नवज्योति मार्गमा फालिएको सुटकेसमा टाउको र खुट्टा नभएको शव फेला परेको थियो । टाउकोबिनाको शव भेटिएपछि प्रहरीले तालिम प्राप्त कुकुरको सहायताबाट सुटकेस भेटिएको स्थानबाट करिब तीन सय मिटर पर टाउको र खुट्टासहितको अर्को झोला भेटेको थियो ।

सोमबार प्रहरीले मृतक कृष्णबहादुर बोहोराको तस्बिर सार्वजनिक गरेपछि उनका आफन्त प्रहरीसामु पुगेका थिए । त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो भने हत्यामा संलग्न आरोपी कल्पना मुडभरी पौडेललाई प्रहरीले सोमबार साँझ नै चितवन टाँडीबाट पक्राउ गरेको थियो ।

उनलाई प्रहरीले मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको थियो । घटनास्थलमा पौडेल र दुई छोराछोरीबाहेक अरूको उपस्थिति हुन सक्ने आधार नभेटेपछि प्रहरीले मंगलबार अभियुक्तलाई सार्वजनिक गरेको हो ।

पौडेलसँगै उनका छोराछोरीसँग लिइएको बयानअनुसार घटनामा उनको मात्रै संलग्नता रहेको देखिएको छ । तर हत्यापछि शव फ्याँक्न भने उनले १५ वर्षकी छोरीलाई समेत साथमा लगेको अनुसन्धानमा खुलेको छ । शव व्यवस्थापनमा सघाएको पाइएपछि छोरीसमेत पक्राउ परेकी छिन् । तर नाबालिका भएकाले उनलाई सार्वजनिक गरिएको छैन । छोरा भने कम उमेरको भएको र घटनाबारे कुनै जानकारी नभएकाले पक्राउ गरिएको छैन ।

प्रहरीले हत्या भएको कोठाबाट बरामद भएका दसी प्रमाण, कल डिटेल रेकर्ड (सिडिआर), छोराछोरीसँगको बयानलगायत सबैले घटनामा कल्पनाको संलग्नता पुष्टि भएको भनेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले हत्या फिल्मी शैलीबाट भएको बताए । ‘हत्या भारतीय सिरियल तथा फिल्मी शैलीबाट गरिएको देखिन्छ । आफैँ घरमा बोलाएर खानपिन गराएर हत्या गरिएको छ,’ परिसर काठमाडौंका प्रमुख ज्ञवालीले भने । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ७ : २१ बजे

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल