१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बलिउड अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर



एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । क्यान्सर भएको पुष्टि भएसँगै उनी उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् ।
डाक्टरहरुका अनुसार उनको क्यान्सर चौथो चरणमा पुगिसकेको छ ।

श्वासप्रश्वासमा समस्या आएपछि गत शनिबार उपचारका लागि उनी मुम्बईस्थित लीलावती अस्पतालमा अस्पताल भर्ना भएका थिए । सोमबार उनले अस्पतालबाट डिस्चार्ज लिएका छन् र थप उपचारका लागि अमेरिका जाने बताएका छन ।

दत्तको शरीरमा अक्सिजनको मात्रा ९० देखि ९२ प्रतिशतकोबीचमा तल, माथि भएको हिन्दुस्तान टाइम्सको समाचारमा उल्लेख छ । परीक्षणमा उनको छातीमा तरल पदार्थ पाइएको थियो भने कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो ।

मंगलबार उनले आफूलाई के भएको उल्लेख नगरी केही समय उपचार गर्न कामबाट छुट्टी लिन लागेको जानकारी दिएका थिए । संजयकी आमा नरगिस दत्त र उनकी पहिलो पत्नि ऋचा शर्माको पनि क्यान्सरबाटै मृत्यु भएको हिन्दुस्तान डट कमले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ७ : ३९ बजे

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक