२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु



सप्तरी । सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका-८ घर भई राजविराज-६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय वृद्धको मृत्यु भएको हो ।

४ दिनअघि ज्वरो आएपछि उनले स्वाब परीक्षण गर्न दिएका थिए । मंगलबार राति रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा भर्ना हुनका लागि एम्बुलेन्समा चढेलगत्तै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि जिल्लाको रुपनी गाउँपालिका ५ गढियाका ४५ वर्षीय पुरुष र सदरमुकाम राजविराज ६ निवासी ७२ वर्षीय वृद्धमा कोरोना संक्रमण भएर मृत्यु भएको थियो । वृद्धको गत साउन १ गते र ४५ वर्षीय पुरुषको गत १९ साउनमा मृत्यु भएको थियो । यो सँगै सप्तरीमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

हालसम्म देशभर कोरोना संक्रमणबाट ८४ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ८ : १८ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष