१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

बुटवलमा एकै रात कोरोनाबाट २ जनाको मृत्यु, लक्षण सहितका संक्रमित बढ्दै



बुटवल । गम्भिर प्रकृतिका बिरामी देखिएसँगै प्रदेश ५ मा कोरोनाका कारण मृत्यु हुने क्रम पनि सुरु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत २ जना कोरोना संक्रमितको गएराती मृत्यु भएको छ । कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षिय पुरुषको मंगलबार राती मृत्यु भएको हो ।

सघन उपचारमा रहेका ७ जना संक्रमित मध्य २ जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए ।

कोरोना भाइरसको लक्षण देखिएर यही साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षिय पुरुषमा २५ गते नै पिसीआर परिक्षणमा कोरोना पोजिटिभ देखिएको थियो। उनको अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

कपिलवस्तुकै २५ वर्षिय युवाको गएराती नै कोरोना बिशेष अस्पतालमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। मंगलबार नै कोरोनाको लक्षण देखिएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालबाट कोरोना बिशेष अस्पतालमा लगेर भेन्टिलेटरमा राखिएको थियो । मध्यरातीबाट समस्या बढेदै गएपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकको पीसीआर रिपोर्ट नआएपनि अस्पतालले कोरोनाकै मापदण्डमा राखेर उपचार गरेकाले कोरोनाबाट मृत्यु भएको भन्न सकिने प्रवक्ता गौतमले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ८ : ४७ बजे

कांग्रेसद्वारा काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रका

लुम्बिनीमा एमाले बहुमतसहित पहिलो शक्ति बन्छ : विष्णु पौडेल

बुटवल । विष्णु पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

कुनै दलसँग चुनावी समीकरण हुँदैन : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न

दाङ-२ का लागि एमाले महासचिव पोखरेलद्वारा पाँच संकल्प सार्वजनिक

दाङ । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार

‘तारा’ चिन्हमा मतदान गर्न नेकपाको अपिल (पूर्णपाठसहित)

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा आफ्नो पार्टी र