३ श्रावण २०८२, शनिबार | July 20, 2025

‘भगवानको लिला’ : पुर्ण अपाङ्ग धौलेलाई सुस्त मनस्थिति श्रीमती जुरायो, सहाराबिहीन दम्पतीका छोरा बने बेसहारा



बाजुरा । बाजुरा जिल्ला त्रिवेणी नगरपालिका वडा नः ३ का अन्दाजि ५०का अपांग धौले भण्डारी को दमपत्य सहाराबिहीन बनेका छन् ।

धौले भण्डारी पुर्ण अपांग रहेका छन् भने उनकी श्रीमती कमला भण्डारी सुस्त मनस्थितिकी छिन् । दुवै जना दम्पती कमजोर भए पछि उनीहरुको दुई महिने छोरा कपिल भण्डारी समेत सहाराबिहीन जस्तै बनका छन् । ।

अपांग दम्पतीले नत अपांग परिचयपत्र बनाएका छैनन् , जसका कारण नेपाल सरकारबाट अपांगहरूले पाउने सेवा सुविधा पाउन उनीहरुले सकेका छैनन् ।

उनीहरुको परिवार नै सहाराबिहीन बनेको छ । घरमा सहारा दिने कोहि नहुदा अपांग परिवार अलपत्र परेको स्थानिय बासी महेन्द्र भण्डारीले बताए ।

भण्डारीले भने, ‘उनको सहारा दिने आमा हुन्, तर आमा नै बुढि भएपछि अहिले सबै परिवार सहाराबिहीन बनेका छन् ।’

अपांग भण्डारी परिवारलाई बस्ने बास समेत नभएपछि खाली ओडारमा बस्ने गरेका छन् । उनिहरू न बोल्न सक्छन् न कान सुन्छन्, न त हिँडन नै सक्छन । दुबै जना श्रीमान श्रीमती पुर्ण अपांग छन् ।

अपाङ्ग दम्पतीको यस्तो अवस्था हुँदा समेत कुनै सरकारी निकायको ध्यान पुगेको छैन । स्थानीय सरकारको जिम्मा लिएका जनप्रतिनिधिहरुले पनि यो परिवारलाई देख्न सकेका छैनन् ।

अपांग धौले भण्डारीले भने, ‘आफु त पुर्ण अपांग थिएँ तर भगवानले पनि आफुलाई सुस्तमनस्थितिकी श्रीमती जोडाइदिए । भगवानप्रति निकै गुनासो छ ।’

उनले हातको इशारा गर्दै भने आफु त दुई दम्पती अपांग भएर पनि सहाराबिहीन छौं तर आफुबाट जन्मेको बालक कसरी पाल्ने भन्ने चिन्ता रहेको छ । उनले आफ्नो वच्चा बचाईदिन भगवानसँग विन्ती गरेको बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ११ : २८ बजे

पानी पार्ने प्रणाली विकासः पहाडी क्षेत्रमा जोखिम, तराईमा मौसम बदली मात्र

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणाली

प्रभावकारी बन्दै निःशुल्क एम्बुलेन्स सेवा

पर्वत । यहाँको जलजला गाउँपालिकामा सञ्चालिन निःशुल्क एम्बुलेन्स सेवाबाट ज्येष्ठ

सचिवालय बैठकले प्रस्ताव गरेको विधान संशोधनसम्बन्धि प्रस्ताव एमाले पोलिटब्युरोबाट पारित

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकले सचिवालयबाट निर्णय भएर आएको

दाङको राप्ती गाँउपालिकामा पाठेघरको मुखको क्यान्सर जाँच शिविर : डेढ सय बढी महिलाले लिए सेवा

दाङ। दाङको राप्ती गाउँपालिका–५ स्थित राप्ती आधारभूत अस्पताल कालापानीमा आयोजित

नहरमा डुबेर एक जनाको मृत्यु

कैलाली । कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ