३२ असार २०८३, बिहिबार | July 16, 2026

‘भगवानको लिला’ : पुर्ण अपाङ्ग धौलेलाई सुस्त मनस्थिति श्रीमती जुरायो, सहाराबिहीन दम्पतीका छोरा बने बेसहारा



बाजुरा । बाजुरा जिल्ला त्रिवेणी नगरपालिका वडा नः ३ का अन्दाजि ५०का अपांग धौले भण्डारी को दमपत्य सहाराबिहीन बनेका छन् ।

धौले भण्डारी पुर्ण अपांग रहेका छन् भने उनकी श्रीमती कमला भण्डारी सुस्त मनस्थितिकी छिन् । दुवै जना दम्पती कमजोर भए पछि उनीहरुको दुई महिने छोरा कपिल भण्डारी समेत सहाराबिहीन जस्तै बनका छन् । ।

अपांग दम्पतीले नत अपांग परिचयपत्र बनाएका छैनन् , जसका कारण नेपाल सरकारबाट अपांगहरूले पाउने सेवा सुविधा पाउन उनीहरुले सकेका छैनन् ।

उनीहरुको परिवार नै सहाराबिहीन बनेको छ । घरमा सहारा दिने कोहि नहुदा अपांग परिवार अलपत्र परेको स्थानिय बासी महेन्द्र भण्डारीले बताए ।

भण्डारीले भने, ‘उनको सहारा दिने आमा हुन्, तर आमा नै बुढि भएपछि अहिले सबै परिवार सहाराबिहीन बनेका छन् ।’

अपांग भण्डारी परिवारलाई बस्ने बास समेत नभएपछि खाली ओडारमा बस्ने गरेका छन् । उनिहरू न बोल्न सक्छन् न कान सुन्छन्, न त हिँडन नै सक्छन । दुबै जना श्रीमान श्रीमती पुर्ण अपांग छन् ।

अपाङ्ग दम्पतीको यस्तो अवस्था हुँदा समेत कुनै सरकारी निकायको ध्यान पुगेको छैन । स्थानीय सरकारको जिम्मा लिएका जनप्रतिनिधिहरुले पनि यो परिवारलाई देख्न सकेका छैनन् ।

अपांग धौले भण्डारीले भने, ‘आफु त पुर्ण अपांग थिएँ तर भगवानले पनि आफुलाई सुस्तमनस्थितिकी श्रीमती जोडाइदिए । भगवानप्रति निकै गुनासो छ ।’

उनले हातको इशारा गर्दै भने आफु त दुई दम्पती अपांग भएर पनि सहाराबिहीन छौं तर आफुबाट जन्मेको बालक कसरी पाल्ने भन्ने चिन्ता रहेको छ । उनले आफ्नो वच्चा बचाईदिन भगवानसँग विन्ती गरेको बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ११ : २८ बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही