१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

आइसोलेशनलाई विद्यालयबाट स्थानान्तरण गरिने



हुटौंडा । विद्यालयबाट आइसोलेशन तथा क्वारेन्टिन हटाउने वाग्मती प्रदेशको प्रदेश कोभिड सङ्कट व्यवस्थापन समितिको निर्णयपछि हेटौंडा अस्पतालद्वारा एक विद्यालयमा सञ्चालित आइसोलेसन वार्डलाई स्थानान्तरण गरिने भएको छ ।

हेटौंडाको श्रमिक माध्यामिक विद्यालयमा सञ्चालित आइसोलेशन वार्डलाई गौरीटार रङ्गशाला (केन्द्रीय खेलकूद प्रतिष्ठान) मा रहेको छात्रवासमा स्थानान्तरण गरिने भएको छ ।

एक पटकमा एक सय जनासम्म सङ्क्रमितहरुलाई राख्न सकिने क्षमता भएको छात्रवासमा आइसोलेशन वार्ड स्थापनाका लागि तयारी थालिएको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रमुख सचिव डा मानबहादुर विश्वकर्मा, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्ले, प्रदेश प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामालगायतको टोलीले आइसोलेसन वार्डको निरीक्षण तथा अनुगमन गरेको छ ।

सो क्रममा मुख्यमन्त्री डोरमणि पौडेलले कामलाई द्रूत र व्यवस्थित गर्न निर्देशन दिनुभयो । मुख्यमन्त्री पौडेलले आवश्यकताअनुसारका अस्थायी संरचनाहरु निर्माण गरेर भएपनि चाँढोभन्दा चाढो काम गर्नुपर्ने बेला आएको बताए ।

मुख्यमन्त्री पौडेलले सरकार जसरी भएपनि महामारीको अवस्थालाई अन्त्य गर्न चाहने भन्दै सबै क्षेत्र र निकाय प्रतिवद्ध हुनुपर्ने धारणा राखे । उनले प्रदेशका सबै जिल्लामा रहेका आइसोलेशन तथा क्वारेन्टिनहरुलाई विद्यालयहरुबाट सारिने बताए ।

सामाजिक विकास मन्त्री युवराज दुलालले आसोलेसनलाई व्यवस्थित बनाउन कुनै कसर बाँकी नराखिने बताउदै उपमहानगरपालिकालगायतले समेत साथ दिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ३ : ०५ बजे

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,

नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

जनताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाली नागरिकको दैनिक जीवनस्तरमा

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठक विपक्षी दलहरूको अवरोधका बीच १५