१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

जिल्ला प्रशासन कार्यालयहरुलाई अन्तरजिल्ला सवारी पास बितरण पूर्णरुपमा बन्द गर्न गृहको निर्देशन



काठमाडौं । अत्यावश्यक कामका लासग भन्दै जिल्ला प्रशासन कार्यालयहरुले बितरण गर्दै आएको अन्तरजिल्ला सवारी पास गृह मन्त्रालयले अनिश्चितकालका लागि रोकेको छ।

बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गर्दै गृहले साउन २९ गते बिहीबार देखि नै सबैखाले सवारी पास वितरण रोक्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो।

गृहले जारी गरेको परिपत्रमा कोभिड१९ को उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म सवारी पास वितरण नगर्नु नगराउन भनिएको छ।

यस अघि जिल्ला प्रशासन कार्यालयहरुले बिभिन्न बहानामा अन्तरजिल्लाको गन्तब्यका लागि सवारी पास बितरण गर्दै आएको थियो । प्रशासनले बितरण गर्ने पासमा पहुँचवालाहरुले दुरुपयोग गरेको भन्दै सवारी पासको आलोचना समेत हुँदै आएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ९ : २४ बजे

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

टस जितेर विराटनगरले रोज्यो बलिङ, चितवनले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा