७ आश्विन २०८३, बुधबार | September 23, 2026

रातभरको वर्षाले पहिरो खसेर पूर्व पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्ग अवरुद्ध



बुटवल । अबिरल वर्षाका कारण प्रदेश ५ का बिभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । रातभर परेको वर्षाका कारण पूर्व पश्चिम राजमार्गको धानखोला नजिकै दोबाटामा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ भने बुटवल पाल्पा खण्डको सिद्धार्थ राजमार्गमा पनि २ ठाँउमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पूर्व पश्चिम राजमार्गको बिहान साढे ४ बजे देखि अवरुद्ध छ भने सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्ड बिहान साढे ५ बजे देखि अवरुद्ध रहेको छ । त्यस्तै, तिनाउ गाँउपालिका जोरधारा नजिकै पनि बिहान साढे ६ बजे पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

प्रहरीको समन्वयमा दुबै राजमार्गमा पहिरो हटाउने काम सुरु भएको प्रहरीले जनाएको छ । राजमार्ग सुचारु नहुँदा सम्म सो राजमार्गको बाटो यात्रा तय नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ८ : १६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई