६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

चिकित्सकमा कोरोना पोजेटिभ भेटिएपछि आम्दा मेची अस्पताल सिल



झापा । आम्दा मेची अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ ।

मेचीनगर–१० धुलाबारीमा रहेको सो अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ ।

हाल ती डाक्टरलाई व्यवस्थितरुपमा अस्पतालकै माथ्लो तलाको कोठामा आइसोलेशनमा राखिएको छ ।

मेचीनगरमा चिकित्सकलाई पहिलोपटक र समुदायमा दोस्रोपटक कोरोनाको सङ्क्रमण फेला परेको हो ।

केही दिनअघि मेचीनगर–१० धुलाबारी बजारका १५ वर्षीय किशोरमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएको थियो ।

चिकित्सकसहित समुदायस्तरमा एकैपटक चार जनामा कोरोना सङ्क्रमण देखिएपछि नयाँ रणनीति बनाउन मेचीनगर नगरपालिकाले नगरक्षेत्रमा लकडाउन घोषणा गरेको छ ।

यसबीचमा नगरस्तरीय कोरोना सङ्क्रमण नियन्त्रण कार्यदलले नगरका विभिन्न राजनीतिक दल, सङ्घसंस्थाका प्रमुख प्रतिनिधि सुरक्षाकर्मीसँग छलफल गरेर
नयाँ रणनीति बनाइने नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख विमल आचार्यका अनुसार सङ्क्रमण फेला परेकाकासँग सम्पर्कमा आएका र अन्य शङ्कास्पद व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ गरी पिसिआर परीक्षणका थ्रोट स्वाबको नमूना सङ्कलन गरिनेछ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  १२ : ४८ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको