११ भदौ २०८३, बिहिबार | August 27, 2026

चिकित्सकमा कोरोना पोजेटिभ भेटिएपछि आम्दा मेची अस्पताल सिल



झापा । आम्दा मेची अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ ।

मेचीनगर–१० धुलाबारीमा रहेको सो अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ ।

हाल ती डाक्टरलाई व्यवस्थितरुपमा अस्पतालकै माथ्लो तलाको कोठामा आइसोलेशनमा राखिएको छ ।

मेचीनगरमा चिकित्सकलाई पहिलोपटक र समुदायमा दोस्रोपटक कोरोनाको सङ्क्रमण फेला परेको हो ।

केही दिनअघि मेचीनगर–१० धुलाबारी बजारका १५ वर्षीय किशोरमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएको थियो ।

चिकित्सकसहित समुदायस्तरमा एकैपटक चार जनामा कोरोना सङ्क्रमण देखिएपछि नयाँ रणनीति बनाउन मेचीनगर नगरपालिकाले नगरक्षेत्रमा लकडाउन घोषणा गरेको छ ।

यसबीचमा नगरस्तरीय कोरोना सङ्क्रमण नियन्त्रण कार्यदलले नगरका विभिन्न राजनीतिक दल, सङ्घसंस्थाका प्रमुख प्रतिनिधि सुरक्षाकर्मीसँग छलफल गरेर
नयाँ रणनीति बनाइने नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख विमल आचार्यका अनुसार सङ्क्रमण फेला परेकाकासँग सम्पर्कमा आएका र अन्य शङ्कास्पद व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ गरी पिसिआर परीक्षणका थ्रोट स्वाबको नमूना सङ्कलन गरिनेछ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  १२ : ४८ बजे

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन