२० आश्विन २०८३, मंगलबार | October 6, 2026

कोरोना भाइरसको संक्रमणबाट हालसम्म ७३ पुरुष र २२ महिलाको मृत्यु



काठमाडौं । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ९५ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार अछामको रामारोशन गाउँपालिका वडा नं. ५ निवासी १८ वर्षीय युवकको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

मुटुका रोगी रहेका ती युवकको उपचारकै क्रममा साउन २८ गते मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए ।

यसैगरी मोरङको विराटनगर महानगरपालिका वडा नं. ३ निवासी ५७ वर्षीय पुरुषको २८ गते नै कोशी अस्पतालमा मृत्यु भएको छ । मधुमेह र उच्चरक्तचापका बिरामी ती पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको छ ।

यसैगरी महोत्तरीको मठिहानीका एक पुरुषको साउन २५ गते रामजानकी अस्पताल जनकपुरा मृत्यु भएको छ ।

यस्तै, धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरकी ८५ वर्षीया महिलाको साउन २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

हालसम्म मृत्यु भएका ९५ जनामध्ये ७३ जना पुरुष र २२ जना महिला रहेका छन् । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेश १ मा ८ पुरुषको मृत्यु भएको छ ।

प्रदेश २ मा २८ जना पुरुष र ११ जना महिला गरी ३९ जना रहेका छन् । यसैगरी बागमती प्रदेशमा १३ पुरुष र ५ महिला गरी १८ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा ६ जना पुरुषको मृत्यु भएको छ ।
यसैगरी ५ नं. प्रदेशमा ९ जना पुरुष र ३ जना महिला गरी १२ जनाको मृत्यु भएको छ भने कर्णाली प्रदेशमा ४ जना पुरुषको मृत्यु भएको छ ।

सुदुरपश्चिम प्रदेशमा ५ जना पुरुष र ३ जना महिला गरी ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ५ : २४ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका

पर्सा प्रहरीद्वारा आईफोनसहित १० लाख बढीको अवैध सामान नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको आईफोन

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

बाँके । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११