२० माघ २०८२, मंगलबार | February 3, 2026

(UNOPS) द्वारा नेपाल प्रहरीलाई ७० लाख रुपैयाँ मूल्य बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण



काठमाडौं । परियोजना सेवाहरुका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (UNOPS) ले नेपाल प्रहरीलाई करिब ७० लाख रुपैयाँ मूल्य बराबरका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

(UNOPS) को कार्यालय विशालनगरमा बिहीबार आयोजित एक कार्यक्रमबीच (UNOPS) नेपालका कन्ट्री डाइरेक्टर चार्ल्स केलेननले नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवेर कडायतलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा ५ सय थान मेडिकल पीपीई सेट, ५ सय थान फेस सिल्ड, ५ सय थान क्याप, ५ सय थान सु-कभर रहेका छन् । त्यसैगरि ५ सय थान सर्जिकल ग्लोभ्स, ५० हजार थान सर्जिकल मास्क, ५० हजार थान नन-सर्जिकल रबर ग्लोभ्स, १६ लिटरको ५ सय थान डिसइनफेक्टेन्ट स्प्रे, १ हजार २ सय लिटर डिसइनफेक्टेन्ट लिक्विड र ५ सय थान थर्मोमिटर गन पनि (UNOPS)ले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।

हस्तान्तरणका लागि आयोजित कार्यक्रममा बोल्दै प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कडायतले (UNOPS)ले गरेको सहयोग र समन्वयप्रति आभार प्रकट गर्दै आगामी दिनमा नेपाल प्रहरी र (UNOPS) बिचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गरे ।

(UNOPS)का कन्ट्री डाइरेक्टर चार्ल्स ले नेपाल प्रहरीसँगको सम्बन्धलाई थप मजबुद बनाउँदै सहकार्य र समन्वयलाई निरन्तरता दिने बताए । नेपाल प्रहरीलाई आवश्यक साथ र सहयोग प्रदान गर्नका लागि आफू सदैव तत्पर रहेको उनले उल्लेख गरे ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  १० : ३४ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि