८ चैत्र २०८२, आइतबार | March 23, 2026

भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल



चितवन । आकस्मिक कक्षमा कार्यरत एक नर्सलाई कोरोना संक्रमण पुष्टि भएपछि चितवनको भरतपुर अस्पतालको आकस्मिक कक्ष बन्द (सिल) गरिएको छ ।

भरतपुर अस्पतालले सूचना जारी गर्दै अर्को जानकारी नगराएसम्म अस्पतालको आकस्मिक कक्ष सिल गरिएको जनाएको हो ।

नर्समा सङ्क्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गर्नुपरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले बताएका छन् । त्यहाँ रहेका बिरामीलाई भने अन्य स्थानमा सारिएको छ ।

भरतपुर अस्पतालै कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा ती नर्सलाई संक्रमण पुष्टि भएको थियो ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बिहीबार परीक्षणमा १६ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । त्यसमध्ये १५ जनाको स्वाव भरतपुर अस्पतालबाटै संकलन गरिएको थियो । एक जनाको भने पुरानो मेडिकल कलेजबाट लिइएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ९ : २८ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय