२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एनआईसी एशियाको खुद नाफा ३ अर्ब १४ करोड १४ लाख रुपैयाँ



काठमाडौं । एनआइसी एशिया बैंकले गत आव २०७६/७७ मा ३ अर्ब १२ करोड १४ लाख रुपैयाँँ खुद नाफा कमाएको छ।

बैंकले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै ३ अर्ब बढी नाफा कमाएको जानकारी गराएको हो ।

खुद मुनाफातर्फ वार्षिक बिन्दुगत आधारमा कम वाणिज्य बैंकहरू मध्ये आफ्नो बैंकले ३ प्रतिशत अर्थात ९ दशमलव ८ करोडको वृद्धि सहित ३ अर्ब १२ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको एनआईसी एशिया बैंकले जनाएको छ ।

बैंकले यस्तो नाफा अघिल्लो आव २०७५/७६ मा ३ अर्ब २ करोड ३२ लाख कमाएको थियो। बैंकको नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३ दशमलव २५ प्रतिशत बढेको छ।

बैंकको आ.व. २०७६÷७७ मा कुल कर्जामा बजार अंश ६.५० प्रतिशत रहेको छ भने चौथो त्रयमाससम्ममा कर्जातर्फ रू. २३ अर्बले वृद्धि गरी कुल कर्जा रकम १ खर्ब ७४ अर्ब पुगेको छ ।

जुन वाणिज्य बैंकहरूको गत आर्थिक वर्ष ०७६/०७७ मा भएको कुल कर्जा वृद्धि रकमको ७.५९ प्रतिशत रहेको एनआईसी एशिया बैंकले जनाएको छ ।

खुद ब्याज आम्दानी बढेसँगै बैंकको नाफा पनि स्वतः बढेको हो । अघिल्लो आवमा ६ अर्ब ९६ करोड कमाएको खुद ब्याज आम्दानी गत आर्थिक वर्षमा ७ अर्ब ६० करोड कमाएको छ। बैंकको संचालन आम्दानी भने अघिल्लो आर्थिक वर्षको तुलनामा १ प्रतिशत घटेको छ।

बैंकको गत आर्थिक वर्षसम्म निक्षेप संकलन र कर्जा सापटी दुवै बढेको छ । बैंकले समीक्षा अवधिमा २ खर्ब १ अर्ब ६३ करोड निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब १८ करोड कर्जा प्रवाह गरेको छ। बैंकको वितरण गर्न सक्ने नाफा १ अर्ब ४४ करोड रहेको छ।

गत आवसम्म बैंकको चुक्ता पुँजी १० प्रतिशत बढेर ९ अर्ब ७१ करोड पुगेको छ।

बैंकले अघिल्लो आवको नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गरेपछि पुँजी बढेको हो। गत आवसम्म बैंकको जगेडा कोषमा ५ अर्ब ८२ करोड ४१ लाख रुपैया संचित छ।

अघिल्लो आवमा शून्य दशमलव ४६ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा बढेर शून्य दशमलव ७५ प्रतिशत पुगेको छ। यसले बैंकको खराब कर्जा बढेको बुझाउँछ। बैंकको प्रतिसेयर आम्दानी गत आवमा ३२ रुपैयाँ १३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ७७ दशमलव ३६ पैसा छ।

मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् एनआईसी एशिया बैंकले बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकका २२ लाख भन्दा बढी ग्राहक रहेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १ : ४७ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर