४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेकपा भित्रको सत्तासंघर्षमा युद्धविराम, विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन गरिउको छ ।

पार्टीका शिर्ष नेतृत्व तहबीच बढेको विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको संयोजनकत्वमा कार्यदल गठन भएको हो ।

शुक्रबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा कार्यदल गठन गर्ने सहमति भएको हो ।

कार्यदलमा जनार्दन शर्मा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल र पम्फा भूषाल रहेका छन् । जसमध्ये ओली समर्थनक दुई जना, प्रचण्ड समर्थक दुई जना र नेपाल समर्थक दुई जना नेताहरु रहेका छन् ।

पार्टीमा अहिले देखिएको विवाद समाधान गर्ने गरी कार्यदलले काम गर्ने दुई अध्यक्षबीच सहमति भएको छ । कर्यादललाई पार्टीभित्रको समस्या समाधानका लागि यथाशिघ्र सुझाव दिन भनिएको छ ।

कार्यदल गठनसँगै नेकपाभित्रको शिर्ष नेतृत्वबीच युद्धबिराम भएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति एपी वान टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भदौ १ गतेसम्म पार्टीभित्रको समस्या समाधान हुने दाबी गरेका थिए । ओली र प्रचण्डबीच बिहीबार ३ घण्टा छलफल भएको थियो ।

गत असार १६ गतेदेखि देखिएको भाँडभैलोमा कार्यदल गठनगरेसँगै अस्थायी बिराम लागेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  २ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको