१६ मंसिर २०८०, शनिबार | December 2, 2023

मुस्ताङमा खाद्यान्न र पेट्रोलियम पदार्थको अभाव



पोखरा ।  हिमाली जिल्ला मुस्ताङमा खाद्यान्न र पेट्रोलियम पदार्थको अभाव भएपछि सडक निर्माणका मजदुरहरु प्रभापित भएका छन । गत असार २६ गते आएको वाढीले पुल र सडक बगाएपछि सवारी आवागमन ठप्प हुदा मुस्ताङमा खाद्यान्न र पेट्रोलियम पदार्थको अभाव सिर्जना भएको हो । खाद्यान्न र पेट्रोलियम पदार्थको आपूर्ती हुन नसक्दा सडक निर्माणमा समेत प्रभाव परेको छ । सडक निर्माणका लागी आवश्यक पर्ने पेट्रोलियम पदार्थ र ग्यास आपूर्ति हुन नसक्दा निर्माणमा संलग्न मजदुरहरु संगै उक्त क्षेत्रका कर्मचारी र सुरक्षा निकायहरु प्रभावित हुन पुगेको हुन ।

मुस्ताङ र म्याग्दीको सिमाना गलेश्वर नजिकको पुलको एक पट्टीको भाग वाढीले वगाएपछि करिव ३ हप्ता लगाएर उठाइएको भएतापनि घोप्टेभीर आसपासमा नदीले सडक कटान गरेपछि उक्त स्थानमा सडक निर्माणको काम जारी रहेको भएतापनि सडक निर्माणका सामाग्रीमा आवश्यक पर्ने पेट्रोलियम पदार्थ र खाद्यान्न आपूर्ती हुन नसक्दा त्यहा कार्यरत मजदुरहरु वढी मात्रामा प्रभावित हुन पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्यालले जानकारी दिए । सडक अवरुद्ध हुदा एक महिनादेखी मुस्ताङका खाद्यान्न लगायतका सामाग्रीहरु ढुवानी हुन सकेको छैन ।

ढुवानी ठप्प हुदा स्थानीयबासी भन्दा दैनिक ज्यालामजदुरी गर्ने मजदुरहरु मर्कामा परेको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ रहेको छ । अर्यालका अनुसार दैनिक ज्यालादारी गर्नेहरुलाई ग्यास र खाद्यान्नको अभाव भएको छ भने पेट्रोलियम पदार्थको अभाव पनि उस्तै छ । पुल मर्मत भएतापनि वढी भार बोक्ने ढुवानीका साधनहरु सञ्चालन नहुदा कालिगण्डकी करिडोर सडक निर्माणको काम समेत रोकिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । पुल निर्माण संगै साना सवारी मार्फत केही खाद्यान्न र पेट्रोलियम पदार्थहरु लिएर जाने गरेको भएतापनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ पुग्न नसक्दा सडक निर्माणमा प्रयोग हुदै आएका हेवी इक्युपमेन्टहरु सञ्चालनमा आउन सकेका छैनन ।

खाद्यान्न अभाव सिर्जना भएपछि खाद्य संस्थानबाट सडक निर्माण मजदुर संगै सर्वसाधारणलाई खाद्य सामाग्री प्रदान गरिएको प्रमुख जिल्ला अधिकारीले वताए ।

पेट्रोलियम पदार्थको अभावकै कारण कालीगण्डकी करिडोरको निर्माण अझै लम्बिने सम्भावना देखिएको छ । एक महिनासम्म ढुवानी नहुदाँ पेट्रोलियम तथा ग्यासको अभाव बढ्दै गएको स्थानीय गण्डकी प्रदेश सभा सदस्य चन्द्रमोहन गौचनका स्वकीय सचिव जीवन गोतामेले जानकारी दिए । जोमसोमबासीले अहिले लोमन्थाङबाट ग्यास ल्याएर दैनिकी चलाउदै आएका छन यदि हप्ता दश दिन सम्म ढुवानी नभए संकट उत्पन्न हुने गोतामेको भनाइ रहेको थियो ।

हिमालपारिको जिल्ला मुस्ताङका मासिक तीन हजार सिलिण्डर ग्यास खपत हुने स्थानीय ब्यवशायी विष्णु सप्लायर्सका संचालक विष्णु रिजाल वताउछन । रिजालका अनुसार एक महिनादेखी बेनी जोमसोम सडक अवरुद्ध हुदा यतिवेला जोमसोमबासीले लोमन्थाङबाट ग्यास ल्याएर काम चलाएका छन । रिजालका अनुसार अभाव दिन प्रतिदिन वढ्दै छ यस्तै हो भने समस्या वढ्न सक्छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ३ : ५२ बजे

मृतकका परिवारलाई सात लाख दिने सहमती भएसंगै चार दिन पछि उठ्यो आम्दा अस्पतालबाट भावनाको शव

बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा मृत्यु

मधेस प्रदेशले जित्यो केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेटको उपाधी

पोखरा । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गरेको ‘केपी

कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन आजबाट बुटवलमा सुरु

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन बुटवलमा आजबाट

टी-२० सिरिज : भारत एक खेल अगावै विजयी

काठमाडौं । अस्ट्रेलिया विरुद्धको टी-२० सिरिज भारतले जितेको छ ।

आजको मौसम : बागमती र गण्डकी प्रदेशमा आशंक बदली, अन्य प्रदेशमा सफा

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ