४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रदेश ५ मा सामाजिक विकास मन्त्रालयका उच्च अधिकारीलाई कोरोना पुष्टि, मन्त्रालयमा प्रवेश निषेध



बुटवल । प्रदेश ५ सामाजिक विकास मन्त्रालयका १० औ तहका एक अधिकारीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ ।

मन्त्रालयका ती अधिकारीको पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना संक्रमण पुष्टि भए पछि मन्त्रालयमा आवतजावत बन्द गरिएको हो । उनी कोरोना बिरुद्धको सरकारको अभियानमा संकिय सहभागिता हुने क्रममा संक्रमित हुन पुगेको प्रदेश ५ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

शुक्रबार बिहान ती अधिकारीमा कोरोना पुष्टि भए लगत्तै मन्त्रालयको मुल गेट बन्द गरि उनका सम्पर्कमा आएका सबैको स्वाव संकलन गरिएको थियो ।

उनको सम्पर्कमा आएका प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बराल र प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद गिरीको पीसीआर रिपोर्ट नेगेटिभ आएको निर्देशक गिरीले जानकारी दिए । अन्यको स्वाव संकलन गरि पीसीआर परीक्षण भईरहेको उनले बताए ।

डा. गिरीका अनुसार मन्त्रालयका उच्च अधिकारीलाई कोरोना पुष्टि भएपनि मन्त्रालयबाट हुने काम भने रोकिएको छैन । मन्त्रालयको मुल गेटबाट कसैलाई प्रवेश गर्न दिईएको छैन । सबै काम फोन, अनलाईन र मोबाईलबाट गरिएको छ ।

‘प्रत्यक्ष जनसम्पर्कको काम निर्देशनालयबाटै हुने भएकाले सर्वसाधारणलाई मन्त्रालय जान आवश्यक छैन’,  निर्देशक गिरीले भने ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ४ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको