५ पुस २०८२, शनिबार | December 20, 2025

सिद्धार्थ जेसीजद्धारा १०० जना बिपन्न जनताको कोरोना बीमा



भैरहवा । सिद्धार्थ जेसीजले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का बिपन्न जनताहरुको कोरोना बीमा गरेको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ मा रहेका १ सय जना बिपन्न, रिक्सा चालक तथा दैनिकी ज्यालादारी गरेर जीवन निर्वाह गर्नेहरुलाई पहिलोपटक कोरोना बीमा गरेको सिद्धार्थ जेसीजका अध्यक्ष भुवन राणाले बताए ।

बीमालेख हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष राजनजंग राणाले सिद्धार्थ जेसीजले वडा नम्बर ८ मा ऐतिहासीक काम गर्न सफल भएको बताए । सिद्धार्थ जेसीज २००३ का अध्यक्ष समेत रहेका राणाले सिद्धार्थ जेसीजले ब्यक्तिको नभई बिधिको शासन मान्ने हुँदा बिधिअनुसार नै चल्ने गरेको र चल्नु पर्ने बताए ।

प्रीमियर इन्सुरेन्स कम्पनीबाट १ वर्षको जम्मा ५० हजार रकमको कोरोना बीमा भएको छ कोरोना पोजेटिभ देखिएमा कोरोना पीडितले ५० हजार रुपैयाँ पाउनेछन् ।
सिद्धार्थ जेसीजका अध्यक्ष भुवन राणाले वडा नम्बर ८ का अध्यक्ष राजनजंग राणालाई बीमा लेख हस्तान्तरण गरेको नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा सिद्धार्थ जेसीजका पूर्व अध्यक्ष कमल भण्डारीले बताए ।

बीमा लेख हस्तान्तरण कार्यक्रममा सिद्धार्थ जेसीज २००५ का अध्यक्ष संजिव शर्मा रेग्मी, २०१४ का अध्यक्ष साजन जंग राणा, रोटरी क्लव अफ लुम्बिनी सिद्धार्थनगरका पूर्व अध्यक्षहरु खिम बहादुर कार्की र जितेन्द्र शर्मा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम संयोजक सञ्चीत भट्राईको संयोजनमा भएको कार्यक्रममा जेसीआई सिद्धार्थका महासचिव हुमाकान्त भुषालले आस्थापाठ गरेका थिए भने तालिम निर्देशक पंकज यादवले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ६ : ४३ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने