४ पुस २०८२, शुक्रबार | December 19, 2025

एम्स अनलाईन तीज नृत्य प्रतियोगिताकी बिजेता बनिन जयश्री



बुटवल । बुटवलको एम्स कलेजको विद्यार्थीको संस्था काउन्सिल अफ एम्स स्टुडेन्ट्स (क्यास)ले अनलाईन तीज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

विश्वमा कोरोना भाइरसले महामारीले अत्याइरहेको र भीडभाड गर्न नहुने भएकाले एप जुमबाट अनलाईन तीज नृत्य प्रतियोगिता सम्पन्न गरेको कार्यक्रम संयोजक निरा चापागाईंले बताए ।

क्याम्पसका प्राध्यापक, पूर्व अध्यक्ष, अभिभावक र विद्यार्थी गरी करिब १०० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा ११ जना प्रतिस्पर्धी मध्ये प्रथम स्थानमा बि.बि.एस प्रथम वर्षकी छात्रा जयश्री बराल, द्वितीय स्थानमा कक्षा १२ मा अध्ययनरत छात्रा सृष्टि गैरे, तृतिय स्थानमा बि.बि.एस प्रथम वर्षकी छात्रा गंगा अर्याल र सान्तवना स्थानमा बि.बि.एस दोस्रो वर्षकी छात्रा जोसना मल्ल रहन सफल भएका छन् भने निर्णायकमा मम्मी डान्स प्रतियोगिताकी विजेता एवम् पत्रकार कल्पना डुम्रे ज्ञवाली रहेकी थिइन ।

क्यासका अध्यक्ष राम प्रकाश पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी एम्स एजुकेसन फाउन्डेसनका कार्यकारी प्रमुख गोपाल प्रसाद न्यौपाने र क्याम्पस प्रमुख दिपक ढकालले बिद्यार्थीको अन्तरनिहित प्रतिभालाइ सम्मान गर्नका लागि कार्यक्रम फलदायी भएको बताए ।

उपाधि बिजेतालाइ कलेज खुलेपछि एक कार्यक्रमका बिच प्रमाण पत्र, मायाको चिनो प्रदान गरिने क्यासले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ८ : ४० बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा