१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

प्रभु बैंकद्वारा सरकारको कोरोना कोषमा पुन: १ करोड ३९ लाख सहयोग



काठमाडौं । निजी क्षेत्रको अग्रणी वाणिज्य बैंक प्रभु बैंकले कोरोना रोकथामका लागि सरकारी कोषमा पुन: रकम जम्मा गरेको छ ।

शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडालाई बैंकले १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँ आर्थिक सहयोगको चेक हस्तान्तरण गरेको हो ।

बैंकका अध्यक्ष देवीप्रकाश भट्टचन र प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अर्थमन्त्री खतिवडालाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

यो रकम सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा हुनेछ ।

बैंकले यसअघि पनि चैत २० गते १ करोड १ लाख रुपैयाँ कोभिड कोषमा सहयोग गरेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ९ : ४१ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू