२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

कोरोना संक्रमणबाट वीरगन्जमा अर्का एक जनाको मृत्यु



वीरगन्ज । कोरोना भाइरसको हटस्पट बनेको पर्सामा फेरि अर्का एकजनाको मृत्यु भएको छ ।

वीरगन्जको मुर्ली बस्ने ६० वर्षीय पुरुषको शुक्रबार साँझ मृत्यु भएको गण्डक कोभिड अस्प्तालले जनाएको छ ।

उच्चरक्तचाप, मधुमेह तथा प्यारालायसिसबाट पीडित मृतकलाई कोरोना संक्रमण पुष्टि भएसँगै साउन २४ गते अस्पताल भर्ना गरिएको थियो ।

तर शुक्रबार साँझ स्वास्थ्यमा अचानक समस्या उत्पन्न भै ७ बजेतिर उनको मृत्यु भएको कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले बताए ।

साउन यता पर्सामा कोरोना भाइरसका संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर उकालो लागिरहेको छ । कोरोना संक्रमणबाट साउन महिनामा मात्रै पर्सामा २२ जनाको मृत्यु भएको छ ।

पछिल्लो मृत्युसहित हालसम्म नेपालमा १०१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने २५ हजार ५५१ जना संक्रमित भएका छन् ।

नेपालमा कोरोनाको मृत्युदर प्रति दशलाखमा ३ दशमलव ४ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ८ : ४१ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात