२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

पहिरोमा परी तीनजनाको मृत्यु



बागलुङ । निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गएराति गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा वडा नं ५ का १४ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ६ वर्षीय बालक प्रवेश विक र वडा नं ३ का ६० वर्षीया बली विक रहेका छन् । घरमाथिबाट खसेका पहिरोमा पुरिएका तीनै जनालाई मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

मृतक वीरेन्द्र स्थानीयवासी हिरा विक र प्रेवश दिलसरा विकका छोरा हुन् । साठी वर्षीया मृतक बली ठुच्चे विककी श्रीमती रहेको प्रहरीले जनाएको छ । त्रिपन्न वर्षीया दिलसरा सामान्य घाइते भएपछि स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । पहिरो गएको खबर पाउनसाथ प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए ।

अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट गएको प्रहरी टोली पनि घटनास्थल पुगेको छ । अविरल वर्षासँगै खसेका पहिराले निसीखोलामा पर्ने मध्यपहाडी पुष्पलाल लोकमार्ग पनि अवरुद्ध भएको जनाइएको छ । रासस

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  २ : ३३ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात