२९ बैशाख २०८१, शनिबार | May 11, 2024

रुपन्देहीमा थपिए १७ नयाँ संक्रमित, नेपाल पस्न खोज्ने भारतीय नागरिकमा पनि देखियो कोरोना



बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा १ जना भारतीय नागरिक सहित १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लामा रहेका बिभिन्न प्रयोगशालमाबाट आएको रिपोर्टमा सिद्धार्थ नगर नगरपालिकाका १४ जना , बुटवल उपमहानगरमा ३ जना र १ जना भारतबाट नेपाल आउन खोज्ने भारतीय नागरिकमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

सिद्धार्थनगर नगरपालिका स्थित बैंक रोडमा रहेको एसबिआई बैंकका १२ जना कर्मचारीमा कोरोना पुष्टि संक्रमण भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्शन केदार शाहले जानकारी दिए । सिद्धार्थनगर १ का एकै परिवारका २ जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए । शाहका अनुसार बुटवल उपमहानगर ११ का २ जनामा संक्रमण पुष्टि भएको छ भने १३ नम्बर वार्डका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

भारतबाट नेपाल प्रवेश गर्न खोज्ने ८ जनाको समूहको सिमा पारी राखि स्वाव लिएर पीसीआर परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएपछि उनीहरुलाई भारत तर्फ नै फर्काईएको शाहले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ५ : ५४ बजे

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौडा  । बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

नेपाल भारत सीमा अन्तर्गत जमुनाहा नाका आज साँझबाट सिल

नेपालगन्ज । भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षाका लागि भन्दै नेपाल–भारत

जेठ १ मा संसद्को संयुक्त बैठक, राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै