१५ बैशाख २०८१, शनिबार | April 27, 2024

रुपन्देहीमा ऐलानी जग्गामा करोडौंको कारोबार, सरकारी जग्गा बेचबिखनमा स्थानीय सरकार प्रमुखकै संलग्नता



बुटवल । विगत ४० वर्षदेखि व्यक्तिले भोगचलन र बिक्रि वितरण गर्दै आएको बुटवल उपमहानगरको १२ नम्बर वार्डको जग्गा भोग गरिरहेका स्थानीयलाई उपमहानगरले बल प्रयोग गरेर हटाएको छ ।

२०७३ सालमा स्थानीय दिनेश भुषाल भन्ने व्यक्तिबाट किनेका स्थानीयलाई शनिबार उपमहानगरले बल प्रयोग गरेर हटाएको हो । उपमहानगरले जग्गा संरक्षणको नाममा डोजर चलाएपछि ऐलानी जग्गामा लाखौंको कारोबार गर्ने नेकपा निकट स्थानीय नेताहरु नै एक पछि अर्को मुछिएको पाईएको छ ।

२०७३ को आसपासमा बुटवल उपमहानगरको वार्ड नम्बर १२ मा पर्ने नयाँगाउँदेखि भित्रको ऐलानी जग्गा जग्गा दलाल दिनेश भुषाल र घनश्याम घिमिरेले प्लटिङ गरेर बिक्रि गरेका थिए । भुषाल र घिमिरेबाट झण्डै १२ जना बढीले सो ऐलानी जग्गा खरिद गरी  भोगचलन गर्दै आएका थिए । कसैले धान रोपेका थिए भने कसैले टहरो बनाएर बसोबास समेत गर्दै आएका थिए ।

उपमहानगरले झण्डै ५,६ महिना पहिले नगर भित्रको सार्वजानिक, प्रतिऐलानी जग्गा खोजविन गर्ने क्रममा नाप्न गएको बेलामा पनि स्थानीयले आफुले जग्गा खरिद गरेर लिएको प्रमाण स्थानीयले उपमहानगरका नाप्न जाने टोलीलाई देखाएका थिए । टोलीले अब्यवस्थित बसोबासलाई ब्यवस्थित गरिने भन्दै कसैलाई नहटाईने आश्वासन समेत उनीहरुलाई दिएको थियो । तर शनिबार बिहानै उपमहानगरले सुरक्षाकर्मी र प्रहरी प्रयोग गरेर स्थानीयले लगाएको धानबालीमा डोजर चलाएर नष्ट गरिदिएको छ ।

२०७३ सालमा स्थानीय दिनेश भुषाल भन्ने व्यक्तिबाट किनेका स्थानीयलाई शनिबार उपमहानगरले बल प्रयोग गरेर हटाएको हो । उपमहानगरले जग्गा संरक्षणको नाममा डोजर चलाए पछि ऐलानी जग्गामा लाखौंको कारोबार गर्ने नेकपा निकट स्थानीय नेताहरु नै एक पछि अर्को मुछिएको पाईएको छ ।

उपमहानगरका सुरक्षाकर्मी र ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरीहरु समेत लिएर एकाबिहानै उपमहानगरका जनप्रतिनिधिहरु डोजर सहित सो जग्गामा पुगेका थिए । जग्गामा डोजर चल्न थालेपछि जग्गामा मुल्य लगाएका स्थानीयहरु डोजरको अगाडि धर्ना दिएपछि सुरक्षाकर्मीले बल प्रयोग गरेर उनीहरुलाई हटाएको थियो । उपमहानगरले सो जग्गामा ट्रान्सपोर्ट भिलेज बनाउने योजनाका साथ काम अगाडि बढाएको छ ।

पूर्व पश्चिम राजमार्गदेखि झण्डै १ किलोमिटरको दुरीमा रहेको कित्ता नम्बर ६११ को करिव १८ कठ्ठा जग्गा ४ लाख देखि १२ लाखसम्म भुक्तानी गरेर जग्गा भुषाल र घिमिरेसँग खरिद गरेको उनीहरुले बताएका छन् । रुपन्देहीका अन्य स्थानमा जस्तै स्थानीय लेखन्दाससँग कागज लेखाई जग्गा खरिद गरेको उनीहरुको भनाई छ ।

८ लाख रुपैंया बुझाएर जग्गा खरिद गरेका नरबहादुर खड्काले जग्गा किन्नेबेलामा जग्गा बेच्ने समुहका भुषालसँग ऐलानी जग्गाका विषयमा शंका पनि राखेका थिए, तर भुषालले आफुले पनि बैधानिकता पु-याएर जग्गा खरिद गरेको भन्दै कागजपत्र देखाएपछि बिश्वास गरेर १ कठ्ठा जमिन किनेको खड्काले बताए ।

खड्काले जस्तै अर्घाखाँचीबाट रुपन्देही झरेकी हरिकला भुषालले पनि दिनेश भुषाल र घनश्याम घिमिरेसँग ७ लाखमा १ कठ्ठा जमिन खरिद गरेकी थिईन् । २०७३ सालदेखि जमिनमा धान रोप्दै आएकी उनले भोगचलन गरेको खेतमा बिहानै डोजर आएर खन्न थालेपछि उनलाई सहिसक्नु भएन र डोजर कै अगाडि भक्कानो छाडेर रोईन् । “सिंहदरबार गाउँमा आउँछ भन्थे, अर्काले भोगेको खेत खन्न पो आउँदो रहेछ”, उनले भनिन् । स्थानीय तहमा आफैले भोट दिएको मान्छे भएर पनि आफहरुमाथि अन्याय भएको उनको गुनासो छ ।

२०७३ सालदेखि जमिनमा धान रोप्दै आएकी उनले भोगचलन गरेको खेतमा बिहानै डोजर आएर खन्न थालेपछि उनलाई सहिसक्नु भएन र डोजर कै अगाडि भक्कानो छाडेर रोईन् । “सिंहदरबार गाउँमा आउँछ भन्थे, अर्काले भोगेको खेत खन्न पो आउँदो रहेछ”, उनले भनिन् ।

सोहि जग्गामा रकम लगानी गरेकी विमला भट्टराईले त आफुले मात्र होईन विदेशमा काम गरिरहेका आफ्ना आफन्तलाई समेत त्यहि ऐलानी जग्गा किनिदिएकी थिईन् । सबैतिर खरिद बिक्री भईरहेको देखेर ऐलानी हो भन्ने थाहा पाएर पनि उनले आफु र आफ्ना भाईहरुलाई जग्गा किनिन। उपमहानगरमा अब्यवस्थित बसोबासलाई ब्यवस्थित गर्ने भन्दै जग्गा नाप्न आउंदा पनि उनी आफुले किनेको प्रमाणसहित वडामा पुगेकि थिईन् । तर वडाले बिकल्प दिएर मात्र हटाउँछ भनेपछि ढुक्क भएकी उनी शनिबार बिहानै डोजर खेतमा आएपछि डोजरको अगाडि सुत्न पुगिन् । “तपाईहरुलाई अर्को बिकल्प नदिई हटाउँदैनौ भन्थे, तर डोजर ल्याएर खाल्डो खनियो”, उनले भनिन् ।

उता उनीहरुलाई जग्गा बेच्ने मध्यका एक जना दिनेश भुषालले भने आफुले विधि बिधान र प्रचलित चलन चल्ती अनुसार नै बुटवल जितगढी बस्ने बालकृष्ण गैरे र कपिलवस्तुको शिवराज नगरपालिकाका वर्तमान नगर प्रमुख नेत्रप्रसाद अधिकारीसँग चलनचल्ती अनुसारको रकम भुक्तानी गरी जग्गा खरिद गरेको बताए । उनीहरुले गैरे र अधिकारीसँग केहि लालपुर्जावाला र त्यसैसँग जोडिएको ऐलानी पनि किनेका थिए ।

२०३८ सालदेखि भिमबहादुर पुनले भोग गरेको जग्गा गैरे र अधिकारीले किनेको र उनीहरुसँग आफुहरुले किनेको भुषालले बताए । भुषाल र घिमिरेले ५ करोड मुल्यमा खरिद गरेको नम्बरी सहितको सो जग्गाको पटक पटक गरी जग्गाधनी अधिकारी र गैरेलाई रकम बुझाएका थिए । जग्गाको बैनापत्र गर्दा बैनामा बुझाएको रकम बाहेक सबै भुक्तानी भएपछि अधिकारी र गैरेले ऐलानी जग्गाको लालपुर्जा निकालिदिने विषयमा समेत सहमति गरेका थिए ।

उपरोक्त जग्गामा ६० प्रतिशत घिमिरे र ४० प्रतिशत भुषालको स्वामित्व रहने समेत बैनापत्रमा उल्लेख गरिएको छ । सबैतिर किन बेच भए अनुसार नै त्यहाँ पनि किन बेच भएकाले स्थानीयतहले न्यायोचित निर्णय गर्नुपर्ने भुषालको भनाई छ ।

नेत्रप्रसाद अधिकारी र बालकृष्ण गैरेबाट भुषाल र घिमिरेले जग्गा खरिद गरेको लिखतबाट देखिए पनि अधिकारीको नाममा सो जग्गा कसरी गयो भन्ने विषय भने रहस्यमय देखिएको छ ।

२०६५ सालमा स्थानीय भिमबहादुर पुनबाट पेट्रोलियम ब्यवसायी तथा जग्गा व्यवसायी बालकृष्ण गैरेले ११ लाख ५० हजारमा सो जग्गा किनेको देखिन्छ । गैरेले बैना स्वरुप १ लाख ५० हजार बुझाई बांकी रकम पछि बुझाएर पुनबाट जग्गा किनेको पाईएको छ । २०३८ सालबाट जङ्गल फँडानी गरी बसेका पुन सहितका धेरै परिवार, २०३८ ताका आएको बाढीले केहि महिना बिस्थापित भएका थिए । पछि बाढीले छाडेपछि बगर पल्टेको जमिनमा पुन सहितका केहि ब्यक्तिहरु बसोबास गर्दै आएको स्थानीयबासी बताउँछन् । पुनले २०३८ देखि भोगचलन गर्दै आएको जमिन नै गैरेले ११ लाख ५० हजारमा किनेको दिनेश भुषालको भनाई छ ।

उपमहानगरका १२ नम्बर वडाका वडा अध्यक्ष दुर्गा सुवेदीले जग्गा अतिक्रमण गर्नेहरुलाई पटक पटक सम्पर्क गर्न बोलाउँदा नआएपछि जग्गा संरक्षण गर्न थालिएको बताए । उनले स्थानीयबासीले नै जग्गा संरक्षणका लागि उपमहानगरपालिकामा निवेदन दिएपछि संरक्षणका लागि अतिक्रमण हटाउने काम भएको बताए । २०६८/६९ तिर सोहि बस्तीका ६५ घरधुरीले जग्गा संरक्षण गरिपाउँ भनि नगरपालिकामा निबेदन दिएको आधारमा उपमहानगरले जग्गाको संरक्षण गरेको अध्यक्ष सुवेदीको भनाई छ ।

विगतका नगरपालिकाका जनप्रतिनिधिहरु र विभिन्न बेलामा गठन भएका सुकुम्बासी आयोग जस्ता संस्थाहरुले झण्डै सबै प्रतिऐलानी जग्गा नेता कार्यकर्ताहरुलाई बाँडेर सिध्याएका बेला बुटवल उपमहानगरले उपमहागरभित्र रहेका सार्वजानिक जग्गाको खोजि गर्नु र त्यसको सदुपयोग गर्न खोज्नु प्रशंसनीय कार्य हुदाहुँदै पनि सर्वसाधारणले अन्जानमा आफ्नो रगत पसिनाको कमाई खन्याएको कुरा बिर्सनु हुँदैन ।

विगतका नगरपालिकाका जनप्रतिनिधिहरु र विभिन्न बेलामा गठन भएका सुकुम्बासी आयोग जस्ता संस्थाहरुले झण्डै सबै प्रतिऐलानी जग्गा नेता कार्यकर्ताहरुलाई बाँडेर सिध्याएका बेला बुटवल उपमहानगरले उपमहागर भित्र रहेका सार्वजानिक जग्गाको खोजि गर्नु र त्यसको सदुपयोग गर्न खोज्नु प्रशंसनीय कार्य हुदाहुँदै पनि सर्वसाधारणले अन्जानमा आफ्नो रगत पसिनाको कमाई खन्याएको कुरा बिर्सनु हुँदैन ।

साबिक सेमलार र हाल उपमहानगरभित्र रहेको जग्गामा विगत लामो समयदेखि वेचबिखन हुँदै गरेको पाईएको छ । खरिद बिक्रिमा नगर प्रमुख भईसकेकादेखि स्थानीय नेकपाका नेताहरु नै संलग्न देखिएका छन् ।

उपमहानगरको सार्वजानिक सम्पत्ती संरक्षण गर्ने जिम्मेवारी हुँदाहुँदै पनि भू–माफियाबाट झुक्याईएका सर्वसाधारणलाई भने अन्यायमा पार्नु हुँदैन ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १० : ०३ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।