२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

विराटनगरकी कोरोना संक्रमित महिलाको धरानस्थित वीपी प्रतिष्ठानमा मृत्यु



विराटनगर । धरानमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

मोरङको विराटनगरकी एक महिलाको कोरोना संक्रमणका कारण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

शनिबार राति साढे ११ बजे अस्पताल पुर्याइएकी विराटनगरको त्रिवेणी मार्गकी ५० वर्षीय महिलाको एक घण्टामै मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

श्वासप्रश्वासमामा समस्या आएपछि विराटनगरस्थित न्यूरो अस्पतालले ती महिलालाई धरान रेफर गरेको थियो ।

मृतकलाई स्वासप्रश्वास, थाइराइड र मुटु सम्बन्धी समस्या रहेको डा. सापकोटाले जानकारी दिए।

विरानगरमा उपचार गर्नुअघि ती महिलाको भारतमा उपचार भएको थियो । यस सँगै विराटनगरमा मात्रै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ११ : २६ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात