२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

आइतबार थपिए ६४१ जना संक्रमित, काठमाडौं उपत्यकामा मात्रै १७२ जना



काठमाडौं । आइतबार कोरोना भाइरसका ६४१ जना नयाँ संक्रमित थपिएका छन् ।

१२ हजार २४७ पीसीआर परीक्षणमा ६४१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये २१८ महिला र ४२३ जना पुरुष रहेका छन् ।

सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १७२ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १२६ जना, ललितपुरमा ३८ जना र भक्तपुरमा ८ जना संक्रमित रहेका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २२१ रहेको छ । जसमध्ये आइसोलेसनमा रहनेहरु ८ हजार ७२४ जना बसिरहेका छन् भने ४९७ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १४३ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । हालसम्म १७ हजार ३३५ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

देशभरका क्वारेन्टिनमा १५ हजार २४३ जना रहेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ४ : २६ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात