८ पुस २०८२, मंगलबार | December 23, 2025

आइतबार थपिए ६४१ जना संक्रमित, काठमाडौं उपत्यकामा मात्रै १७२ जना



काठमाडौं । आइतबार कोरोना भाइरसका ६४१ जना नयाँ संक्रमित थपिएका छन् ।

१२ हजार २४७ पीसीआर परीक्षणमा ६४१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये २१८ महिला र ४२३ जना पुरुष रहेका छन् ।

सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १७२ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १२६ जना, ललितपुरमा ३८ जना र भक्तपुरमा ८ जना संक्रमित रहेका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २२१ रहेको छ । जसमध्ये आइसोलेसनमा रहनेहरु ८ हजार ७२४ जना बसिरहेका छन् भने ४९७ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १४३ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । हालसम्म १७ हजार ३३५ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

देशभरका क्वारेन्टिनमा १५ हजार २४३ जना रहेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ४ : २६ बजे

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३