२३ बैशाख २०८१, आइतबार | May 6, 2024

प्रविधिमा फड्को मार्दै डिजिटल फस्ट बैंक बन्ने तिब्र अभियानमा एनआइसी एशिया बैंक,कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे सुचारु



काठमाडौं । निरन्तर प्रविधिमा फड्को मार्दै डिजिटल फस्ट बैंक बन्ने तिब्र अभियानमा लागेको एनआइसी एशिया बैंकले कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे सुचारु गरेको छ ।

असिमित सुविधाहरू सहित देशभर फैलिएका शाखा सञ्जालमार्फत आफ्ना लाखौं ग्राहक ग्रहकमाझ गतिशिल बैंकिङ्गको अभ्यास गर्दै डिजिटल फस्ट बैंक बन्ने रणनीति अनुरुप कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे सुचारु गरेको हो ।

बैंकले अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी CyberSource Inc को गेटवे प्रणाली नेपालमा भित्र्याउँदै इच्छुक मर्चेन्टहरूका लागि जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गरेको हो ।

अमेरिकाको बहुराष्ट्रिय कार्ड कम्पनी VISA को प्रमुख लगानी रहेको यस CyberSource lnc को गेटवे प्रणालीलाई एनआइसी एशिया बैंकल नेपालमा पहिलोपटक ल्याएको हो । अमेरिका, चीन, भारत लगायत एशिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको यो गेटवे प्रणाली आफ्नो उच्च सफलता दर र निर्वाध भुक्तानीका लागि विश्वजगतमा प्रतिष्ठित छ ।

यस सुविधामार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ताहरूसँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यवसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो एनआईसी एशिया बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

विशेषगरि अनलाइन प्लेटफर्ममा आधारित E-commerce,T-ravel and Tours, , हवाई उड्डयन, युटिलिटी सेवा प्रदायक, भुक्तानी सेवा प्रदायक, पर्यटन व्यवसायी, एडभेन्चर तथा मनोरञ्जन, हस्तकला लगायतका व्यवसायीहरूलाई भुक्तानी प्रणालीमा नयाँ आयाम थप्ने बैंकको विश्वास रहेको छ ।

पेमेन्ट गेटवे प्रविधिमार्फत बैंकले आफ्ना मर्चेन्ट तथा सम्पूर्ण ग्राहकहरूलाई प्रदान गर्दै आएको डिजिटल सेवालाई थप प्रगाढ बनाएको बैंकको दाबी छ । यस गेटवे प्रणालीबाट हालका लागि VISA Card मार्फत कारोबार गर्न सकिने छ भने बैंकले निकट भविष्यमै Master Card, Union Pay लगायतका कार्डमार्फत समेत कारोबार गर्न सकिने तयारी गरिरहेको छ ।

डिजिटल फस्ट बैंक बन्ने आफ्नो दीर्घकालीन रणनीति अनुरूप ग्राहकहरूको संख्यामा विस्तार गर्ने लक्ष्यलाई मुर्तरूप दिँदै गत आर्थिक वर्षमा मात्रै ४ लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भइ कुल २२ लाख ग्राहकहरूमाझ यस बैंकले सेवा विस्तार गर्न सफल भएको छ ।

जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धिहरूमध्ये उच्चतम वृद्धि हो । गत आर्थिक वर्षमा बैंकले डिजिटल बैंकिङ्गतर्फ पनि उल्लेखनीय उपलब्धी हासिल गरेको छ ।

बैंकले आ. व. २०७६/७७ मा डेबिट कार्डमा २ लाख ३७ हजारले प्रयोगकर्तामा वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब ३९ प्रतिशत सहित कुल ८ लाख ६६ हजार पु¥याउन सफल भएको छ ।

साथै मोबाइल बैंकिङ्गमा ३ लाख १४ हजारले वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब १२ प्रतिशत सहित कुल १२ लाख १ हजार पु¥याउन सफल भएको बैंकको दाबी छ । त्यसैगरी इन्टरनेट बैंकिङ्गतर्फ १२ हजारको वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब १४ प्रतिशत सहित कुल १ लाख १२ हजार प्रयोगकर्ताहरू रहको बैंकले जनाएको छ ।

साथै बैंकले १५ हजार भन्दा बढी QR Merchant र करिब ४ हजार POS Merchants मार्फत आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ६ : ४१ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa