१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

रुपन्देहीमा थपिए ३० संक्रमित, आईतबार एकैदिनमा ५६ जनामा संक्रमण पुष्टि, बुटवलमा मात्र २३ जनामा संक्रमण



बुटवल । मध्यान्ह थपिएका २६ जना सहित रुपन्देहीमा आईतबार ५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लामा रहेका बिभिन्न प्रयोगशालाले साँझ सम्ममा दिएको रिपोर्ट अनुसार आईतबार रुपन्देहीमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबै भन्दा बढी बुटवल उपमहानगरमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तिलोत्तमा नगरपालिकामा ११ जना, सिद्धार्थनगर नगरपालिकामा ११ जना, सियारी गाँउपालिकामा ४ जना, मायादेबी गाँउपालिकामा ३ जना तथा देवदह नगरपालिका र ओमसतिया गाँउपालिकामा १ । १ जनामा संक्रमण पुष्टि भएको छ ।

बुटवल उपमहानगरपालिकाको वार्ड नम्बर ११ मा आज पनि ६ जना थप संक्रमित भेटिएका छन् भने १३ नम्बरमा १० जना संक्रमित थपिएका छन् । त्यसैगरि वार्ड नम्बर ८ मा २ जना र वार्ड नम्बर १, २, ३ मा १ । १ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्शन केदार शाहले बुटवल उपमहानगरमा २३ जनामा संक्रमण पुष्टि भएको बताएपनि बुटवल उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख कुन्दन सिंहले २१ जनामा मात्र संक्रमण पुष्टि भएको जानकारी दिए ।

जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि रुपन्देहीमा निषेधाज्ञा जारी गर्ने प्रस्ताव सहित बसेको जिल्ला सिसिएमसीको बैठकले तत्काल निषेधाज्ञा लगाउन आवश्यक नरहेको ठहर गर्दै हरेक पालिकामा क्वीक रेस्क्यु टिम गठन गरि परिचालन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितहरुलाई तुरुन्त उपचार र सेवा प्रदान गर्न हरेक पालिकामा क्वीक रेस्क्यु टिम बनाउने निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ८ : ३५ बजे

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर

आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता

काठमाडौ। नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदीको

कांग्रेसद्वारा काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रका