२० मंसिर २०८२, शनिबार | December 6, 2025

भरतपुर अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द



चितवन । कोरोना उपचार गर्ने भरतपुर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको उपचारमा खटिएका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख र अन्य चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरिएको हो ।

यस अस्पतालमा चितवनसहितका १९ जिल्लाका बिरामीको उपचार हुँदै आएको थियो । कोरोना सङ्क्रमणका बिरामी पनि त्यही अनुपातमा उपचार भइरहेको थियो ।

अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आइतबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अन्य सेवा बन्द गरिएको जनाएको छ ।

अस्पतालले जनरल बहिरङ्ग सेवा बन्द गरी एकीकृत आकस्मिक सेवामार्फत बिरामीको उपचार गरिने सूचनामा उल्लेख छ । यस्तै सघन उपचार कक्ष र प्रसूति विभागमा पनि नयाँ सेवा बन्द गरिएको छ ।

त्यहाँ रहेका बिरामीलाई व्यवस्थापन गरी निर्मलीकरणका लागि नयाँ सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

यस्तै आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीको सेवा यथावत रहने अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।

अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि बन्द गरिएको सो कक्ष शनिबार राति मात्रै खोलिएको थियो ।

 

रत्ननगर अस्पताललाई आइसोलेशन बनाइने
जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि पूर्वी चितवनको रत्ननगर बहुलहर अस्पताललाई आइसोलेशन अस्पताल बनाइने भएको छ ।

अन्य बिरामीको तुलनामा कोरोना सङ्क्रमित बढेपछि आइसोलेशनमा रुपान्तरण गर्न लागिएको हो ।

पूर्वीचितवनका चार नगरपालिकाका प्रमुखहको संयुक्त बैठकले उक्त निर्णय गरेको रत्ननगर नगरपालिका प्रमुख एवं अस्पतालका अध्यक्ष नारायण वनले बताए । अस्पताललाई तत्काल ३० श्ययको आइसोलेशन कक्ष बनाउने उनले  जानकारी दिए ।

अस्पतालका चिकित्सकलाई सङ्क्रमण पुष्टि भएपछि हाल आकस्मिक कक्षबाहेक सबै बन्द रहेकाले पनि आइसोलेशन अस्पतालका रुपमा बनाएर अघि बढ्ने निर्णय भएको प्रमुख वनले बताए ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  १२ : ३२ बजे

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ