१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एनआईसी एशिया बैंकको अफर : बुबाको मुख हेर्ने दिन मोबाइल बैंकिङ्ग एवं कार्डबाट उपहार किन्दा ३० प्रतिशत छुट पाइने



काठमाडौ । एनआईसी एशिया बैंककले बुबाको मुख हेर्ने दिन उपहार किन्दा मोबाइल बैंकिङ्ग एवं कार्डमार्फत ३० प्रतिशत छुट दिने भएको छ ।

डिजिटल फस्ट बैंक बन्ने अभियानमा लागेको यस बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा यस वर्षको कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी बुबालाई उपहार किन्दा मोबाइल बैंकिङ्ग एवं कार्डमार्फत ३० प्रतिशत छुट दिने भएको हो ।

बैंकले देशका विभिन्न १४ वटा मर्चेन्टहरूसँग समझदारी गरी ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ । ग्राहकहरुले सामान खरिद गरी यस बैंकको मोबाइल बैंकिङ्ग र डेबिट कार्ड तथा क्रेडिट कार्डबाट कारोबार रकम भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका मोबाइल बैंकिङ्ग र डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले CG Digital, LG Lifestyle Shoppe, Hotel Radission, Triveni Group, 8 Degrees, KTM City (ANTA Models), Palsonic, Siddhartha Café (Siddhartha Group), Krishna Pauraoti (Krishna Bakery), Eco Infinity (NIU), Beyond Breads, The Crust Bakery, Hamro Kart, Hotstone Pizzeria र TatoMitho सँग उक्त सामग्रीहरू खरिद गर्दा लागत मूल्यको ३० प्रतिशतसम्म छुट उपलब्ध गराउने गरी बैंकले समझदारी गरेको छ ।

प्रविधिमा फड्को मार्दै डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय रहेको महशुस गर्दै आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न यस्ता योजना ल्याएदै आएको छ ।

यस्तै बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा डेविट कार्ड क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था पनि गरेको छ ।

यस्तै  बैंकले गत आर्थिक वर्षमा मात्रै ४ लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भइ कुल २२ लाख ग्राहकहरूमाझ यस बैंकले सेवा विस्तार गर्न सफल भएको छ ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  १ : ३७ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान