३ असार २०८३, बुधबार | June 17, 2026

एनआईसी एशिया बैंकको अफर : बुबाको मुख हेर्ने दिन मोबाइल बैंकिङ्ग एवं कार्डबाट उपहार किन्दा ३० प्रतिशत छुट पाइने



काठमाडौ । एनआईसी एशिया बैंककले बुबाको मुख हेर्ने दिन उपहार किन्दा मोबाइल बैंकिङ्ग एवं कार्डमार्फत ३० प्रतिशत छुट दिने भएको छ ।

डिजिटल फस्ट बैंक बन्ने अभियानमा लागेको यस बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा यस वर्षको कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी बुबालाई उपहार किन्दा मोबाइल बैंकिङ्ग एवं कार्डमार्फत ३० प्रतिशत छुट दिने भएको हो ।

बैंकले देशका विभिन्न १४ वटा मर्चेन्टहरूसँग समझदारी गरी ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ । ग्राहकहरुले सामान खरिद गरी यस बैंकको मोबाइल बैंकिङ्ग र डेबिट कार्ड तथा क्रेडिट कार्डबाट कारोबार रकम भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका मोबाइल बैंकिङ्ग र डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले CG Digital, LG Lifestyle Shoppe, Hotel Radission, Triveni Group, 8 Degrees, KTM City (ANTA Models), Palsonic, Siddhartha Café (Siddhartha Group), Krishna Pauraoti (Krishna Bakery), Eco Infinity (NIU), Beyond Breads, The Crust Bakery, Hamro Kart, Hotstone Pizzeria र TatoMitho सँग उक्त सामग्रीहरू खरिद गर्दा लागत मूल्यको ३० प्रतिशतसम्म छुट उपलब्ध गराउने गरी बैंकले समझदारी गरेको छ ।

प्रविधिमा फड्को मार्दै डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय रहेको महशुस गर्दै आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न यस्ता योजना ल्याएदै आएको छ ।

यस्तै बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा डेविट कार्ड क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था पनि गरेको छ ।

यस्तै  बैंकले गत आर्थिक वर्षमा मात्रै ४ लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भइ कुल २२ लाख ग्राहकहरूमाझ यस बैंकले सेवा विस्तार गर्न सफल भएको छ ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  १ : ३७ बजे

राष्ट्रिय सेवा दल तालिम शुभारम्भ

काठमाडौँ । राष्ट्रिय सेवा दलले गत सोमबारदेखि देशभरका २२१ वटा

एल–निनो असर : भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर

काठमाडौँ । सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका