२९ मंसिर २०८२, सोमबार | December 15, 2025

आठ फरार प्रतिवादी पक्राउ



बैतडी । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्ला प्रहरी कार्यालयको सहयोगमा आठ फरार अपराधी पक्राउ गरिएको छ ।

प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोलीले सुर्खेतमा चेक अनादर, जालसाज र जुवामा एकएक गरी तीन जनालाई पक्राउ गरेको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा कुटपिट र लुटपाटका एकएक गरी दुई जना पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले छ महिनाको कारागारको सजाय फैसला सुनाइएको लागुऔषधका एक फरार प्रतिवादीलाई पनि पक्राउ गरिएको प्रहरी प्रवक्ता बाँस्तोलाले बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतले अंश मुद्दाका एक प्रतिवादीलाई पनि पक्राउ गरेको छ ।

उनका अनुसार दुई वर्ष छ महिना कारागार सजाय सुनाइएका लागुऔषधका फरार अभियुक्तलाई पक्राउ गरी सम्बन्धित जिल्लाका अदालतमा बुझाएर फैसला कार्यान्वयन गराइएको छ । रासस

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ६ : ३० बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार