२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

आठ फरार प्रतिवादी पक्राउ



बैतडी । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्ला प्रहरी कार्यालयको सहयोगमा आठ फरार अपराधी पक्राउ गरिएको छ ।

प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोलीले सुर्खेतमा चेक अनादर, जालसाज र जुवामा एकएक गरी तीन जनालाई पक्राउ गरेको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा कुटपिट र लुटपाटका एकएक गरी दुई जना पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले छ महिनाको कारागारको सजाय फैसला सुनाइएको लागुऔषधका एक फरार प्रतिवादीलाई पनि पक्राउ गरिएको प्रहरी प्रवक्ता बाँस्तोलाले बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतले अंश मुद्दाका एक प्रतिवादीलाई पनि पक्राउ गरेको छ ।

उनका अनुसार दुई वर्ष छ महिना कारागार सजाय सुनाइएका लागुऔषधका फरार अभियुक्तलाई पक्राउ गरी सम्बन्धित जिल्लाका अदालतमा बुझाएर फैसला कार्यान्वयन गराइएको छ । रासस

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ६ : ३० बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात