५ पुस २०८२, शनिबार | December 20, 2025

सामुहिक आवासका घरमा कमसल सामाग्रीको प्रयोग, पैसा पुगेन भन्दै पैसा उठाउँदै



बर्दिया । गेरुवा गाउँपालिका वडा नं. २ मा रहेको विपन्न सोनाहा समुदायका लागि निर्माण गरिएका घरहरुमा कमसल सामाग्री प्रयोग गरी अनियमितता गरेको फेला परेको छ । उनीहरुले हिसाबकितावको लागि राखेको विल भरपाईमा कमशल सामाग्री प्रयोग गरेको फेला परेको हो ।

जसको लागि घर निर्माण गर्नुपर्ने हो उनीहरु मध्येबाट उपभोक्ता समिति गठन गरी घर निर्माण गर्दा समेत कमसल सामाग्रीको प्रयोग भएको हो । अध्यक्ष कोषाध्यक्ष सचिव लगायतकाको सीमित स्वार्थको आधारमा घर निर्माणमा कमसल सामाग्री प्रयोग भएको भन्दै उपभोक्ता सदस्यहरुले आपत्ति जनाएका छन् ।

घर निर्माण गर्दा पहिलो नम्बरको अब्बल इट्टा प्रयोग गर्नुपर्नेमा दोयम तथा मिठा इट्टा प्रयोग गरिएको, ओपीसी सिमेन्टको प्रयोग गर्नुपर्नेमा पीपीसी सिमेन्टको प्रयोग गरिएको छ ।

घरको झ्याल ढोकामा प्रयोग हुने ग्रिल नजिकको ग्रिल उद्योग छोडेर टाढाको ग्रिल उद्योगबाट महंगो मुल्यमा खरिद गरेको उपभोक्ताहरुले आरोप लगाएका छन् ।
उपभोक्ता समितिका पदाधिकारी अध्यक्ष, सचिव र कोषाध्यक्षले कार्यसमितिका अन्य सदस्यहरुलाई समेत जानकारी नै नदिई आफ्नो हिसाबले काम गरेको सामुहिक आवास कार्यक्रमका सदस्य फुलाराम सोनाहाले बताए । उनले सुरुमा सबै उपभोक्ताहरुसँग समन्वय गरेर काम गरेपनि पछिल्लो समयमा अध्यक्ष, कोषध्यक्ष र सचिवले आफुखुशी काम गरेको आरोप लगाए ।

यता उपभोक्ता समितिले घर निर्माण गर्दा घाटा लागेको भन्दै प्रतिघर धुरी १० हजार रुपैयाँ उठाउन समेत दबाब दिएका छन् । उपभोक्ता समितिलाई घाटा लागेको भन्दै हरेक घरपरिवारले रकम बेहोर्नुपर्ने भन्दै रकम उठाउन दबाब दिएका हुन् । लकडाउनका कारण सामाग्रीको मुल्य बढेको र स्टिमेट भन्दा केही बढि काम गरेको भन्दै अध्यक्ष, कोषाध्यक्ष र सचिवले रकम मागेको लाभग्राही घुमलाल सोनाहले बताए ।

केही घरको डिजाइन तथा स्टिमेट, कुन गुणस्तरका इँटा, सिमेन्टको मात्रा कति राख्ने लगायत मापदण्डका बारेमा घरधनी एवं लाभग्राही समेतलाई जानकारी नै नदिइनुले भवन निर्माणमा अनियमितता भएको वसन्त सोनाहाले बताए ।

उपभोक्ता समितिमा रहेका सदस्यहरु लाभग्राही मध्येबाटै रहेको भएपनि सोनाहा समुदायका लागि निर्माण भैसकेका घरको अवस्था हेर्दा उपभोक्ता समितिमा रहेकाप दाधिककारीले अनियमितता गरेको सहजै देखिन्छ । उपभोक्ता समितिका पदाधिकारी रहेका अध्यक्ष, सचिव र कोषाध्यक्षको घरको जग अरु घर भन्दा केहीअग्लो, व्यवस्थित सिँढी र आकर्षक रंगरोगन लगाएको देखिन्छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालय अन्र्तगतको तराइ मधेश समृद्ध कार्यक्रमअन्र्तगत समपुरक अनुदान ६० लाख, गेरुवा गाउँपालिकाको ६ लाख ५० हजार र उपभोक्ता समितिको ३ लाख ५९ हजार ६ सय १८ रुपैयाँ गरी ९५ लाख ७६ हजार ६ सय १८ रुपैयाँमा १९ वटा घर निर्माण भएका छन् ।

घर निर्माण सुरु गर्दा लकडाउनका कारण निर्माण सामाग्रीको मूल्य बढेकाले उपभोक्ता समिति र लाभग्राहीहरुसँगको छलफलबाटै केही घरहरुमा १ नं. इट्टाको ठाउँमा २ नं. इट्टा र ओपीसीसिमेन्टको ठाउँमा पीपीसी सिमेन्ट प्रयोग गरिएको उपभोक्ता समितिका अध्यक्ष बालदेव सोनाहाले स्वीकारेका छन् ।

सामुहिक आवास कार्यक्रम अन्र्तगत परेका लाभग्राहीहरु नै उपभोक्ता समितिमा रहेर काम गरेको गेरुवा गाउँपालिकाकी उपाध्यक्ष हिमकुमारी थारुले बताईन् । ‘इस्टिमेट अनुसार काम भएकोे मूल्यांकनको आधारमा गाउँपालिकाले भुक्तानी समेत दिइसकेको छ’, उनले भनिन् –‘ सोनाहा समुदायमा देखिएको विवादको बारेमा हालसम्म गाउँपालिकामा कुनै उजुरी परेको छैन ।’

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ७ : ५८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता