१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कोरोना संक्रमणबाट नवलपरासीका काँग्रेस नेताको मृत्यु; पोखरामा तनहुँकी महिलाको निधन



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका एक जना नेताको मृत्यु भएको छ ।

नवलपरासी सुस्ता पश्चिमका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको उपचारको क्रममा आज बिहान पाटन अस्पतालमा मृत्यु भएको हो ।

३८ वर्षीय गिरीलाई कोरोना संक्रमण पुष्टि भएपछि बुटवल कोरोना अस्पतालबाट गत शुक्रबार पाटन अस्पताल ल्याइएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनको भेन्टिलेटरको सहायतामा उपचार भैरहेको थियो । तर, गएराति ११ बजेदेखि स्वास्थ्यमा थप जटिलता भै बिहान मृत्यु भएको हो ।

उनको भैरहवा मेडिकल कलेजमा केही समय अघि मात्रै पित्त थैलीको अपरेशन भएको थियो ।

गिरीको मृत्युको खबरले नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणँ स्तभ्द भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा मृतक गिरीप्रति श्रद्धान्जली ब्यक्त गर्दै प्रमुख सचेतक खाँणले शोकाकुल परिवार प्रति समबेदना प्रकट गर्दै स्वर्गीय गिरी प्रति श्रद्धान्जली ब्यक्त गरेका छन् ।

उता, पोखरामा तनहुँकी एक कोरोना संक्रमित महिलाको उपचारकै क्रममा गएराति मृत्यु भएको छ ।

तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

उनलाई साउन २१ गते उपचारका लागि अस्पताल लागिएको थियो ।

ती महिलामा सुगर, पे्रसर, मुटुको समस्या र निमोनिया रहेको कास्की सेवा अस्पतालले जानकारी दियको छ ।

ती महिलालाई गत साउन २१ गते उपचारका लागि पोखरा लगिएको थियो । तर उनको कोरोना पोजेटिभ रिपोर्ट भने अहिले बिहान मात्रै पुष्टि भएको थियो ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  १० : ०६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान