१ पुस २०८२, मंगलबार | December 16, 2025

काठमाडौं उपत्यकामा थपिए २०५ संक्रमित, ललितपुरमा अहिलेसम्मकै धेरै



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ ।

मंगलबार उपत्यकामा २०५ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १३८ जना, ललितपुरमा ५० जना र भक्तपुरमा १७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

ललितपुरमा एकै दिन यति ठूलो संख्यामा संक्रमित थपिएको यो नै पहिलो पटक हो ।

घना वस्ती भएको काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्ेसँगै महामारी फैलिने डर झन बढ्दै गएको छ ।

कोरोनाको संभावित संक्रमण रोक्न सरकारको कमजोर तयारी र आम मानिस स्वयंले गरेको चरम हेलचक्र्याईंकै कारण उपत्यकामा संक्रमण बढिरहेको छ ।

संक्रमण रोक्न पूर्ण निषेधाज्ञा लगाउनुपर्ने अवस्था आइसकेको जनस्वास्थ्यविद् एवं उपत्यकाका स्थानीय प्रशासनले निस्कर्ष निकाल्न थालेका छन् ।

पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली काँग्रेसका नेता गगन थापाले काठमाडौं उपत्यकासहित कोरोना हटस्पटहरुमा जनस्वास्थ्य आपतकाल घोषणा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ४ : ४८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज