७ आश्विन २०८३, बुधबार | September 23, 2026

माछापुच्छ्रे बैंक र नेपाल बार एसोसिएसनबीच व्यवासायिक सम्झौता



काठमाडौं । माछापुच्छ्रे बैंक लि. र नेपालका कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनबीच बैंकिङ्ग सेवा सम्झौता भएको छ ।

एसोसिएसनसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका कानुन व्यवसायी तथा संस्थाहरुलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको माछापुच्छ्रे बैंकले जनाएको छ ।

सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल बार एसोसिएसनको तर्फबाट महासचिव लिलामणी पौडेलले हस्ताक्षर गरेका छन् । नेपाल बार एसोसिएसनमा करिब २० हजार सदस्यहरु आवद्ध छन् ।

सम्झौतापछि नेपाल बार एसोसिएसनका सदस्यहरुले माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखामार्फत निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सेवाहरुमा विशेष सहुलियत र प्राथमिकता प्राप्त गर्नेछन् ।

सरल र सहज रुपमा ग्राहकहरुलाई विभिन्न आर्कषक योजनाका साथ सेवा प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाल चिकित्सक सघं, नेपाल चाटर्ड एकाउन्टेन्स संघ, नेपाल अडिर्टस एसोसिएसन लगायतका संस्थासँग सम्झौता गरिसकेको छ ।

ती संस्थाहरुमा आवद्ध व्यक्ति तथा संस्थाहरुलाई विशेष प्राथमिकताका साथ सेवा पुर्याउने उद्धेश्यले सम्झौता गरिएको बैंकले जनाएको छ ।

स्थापनाकालदेखि नै नयाँ प्रविधिमा आधारित सेवा सुविधा ल्याइरहेको माछापुच्छ्रे बैंकका देशभर १५९ वटा शाखा रहेका छन् ।

१३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २९७ स्थानमा रहेका सेवा सञ्जालतथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पीओएसबाट ग्राहक बैंकले अत्याधुनिक प्रविधिसहित बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ६ : १४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई