१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

माछापुच्छ्रे बैंक र नेपाल बार एसोसिएसनबीच व्यवासायिक सम्झौता



काठमाडौं । माछापुच्छ्रे बैंक लि. र नेपालका कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनबीच बैंकिङ्ग सेवा सम्झौता भएको छ ।

एसोसिएसनसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका कानुन व्यवसायी तथा संस्थाहरुलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको माछापुच्छ्रे बैंकले जनाएको छ ।

सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल बार एसोसिएसनको तर्फबाट महासचिव लिलामणी पौडेलले हस्ताक्षर गरेका छन् । नेपाल बार एसोसिएसनमा करिब २० हजार सदस्यहरु आवद्ध छन् ।

सम्झौतापछि नेपाल बार एसोसिएसनका सदस्यहरुले माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखामार्फत निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सेवाहरुमा विशेष सहुलियत र प्राथमिकता प्राप्त गर्नेछन् ।

सरल र सहज रुपमा ग्राहकहरुलाई विभिन्न आर्कषक योजनाका साथ सेवा प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाल चिकित्सक सघं, नेपाल चाटर्ड एकाउन्टेन्स संघ, नेपाल अडिर्टस एसोसिएसन लगायतका संस्थासँग सम्झौता गरिसकेको छ ।

ती संस्थाहरुमा आवद्ध व्यक्ति तथा संस्थाहरुलाई विशेष प्राथमिकताका साथ सेवा पुर्याउने उद्धेश्यले सम्झौता गरिएको बैंकले जनाएको छ ।

स्थापनाकालदेखि नै नयाँ प्रविधिमा आधारित सेवा सुविधा ल्याइरहेको माछापुच्छ्रे बैंकका देशभर १५९ वटा शाखा रहेका छन् ।

१३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २९७ स्थानमा रहेका सेवा सञ्जालतथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पीओएसबाट ग्राहक बैंकले अत्याधुनिक प्रविधिसहित बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ६ : १४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले