१२ श्रावण २०८१, शनिबार | July 27, 2024

काठमाडौं उपत्यकामा भाद्र १० सम्म निषेधाज्ञा घोषणा, के गर्न पाइने, के नपाइने !



काठमाडौँ । दिनदिनै उपत्यका कोरोना संक्रमित थपिँदै गएपछि बुधबार देखि काठमाडौं उपत्यकामा भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले उपत्यकामा समुदायमा संक्रमणको जोखिम बढेको ठहर गर्दै भोलि (बुधबार) राति १२ बजेबाट लागू हुनेगरि उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

अत्यावश्यक सेवामा ताकिएका सेवा बाहेक अन्य सबै सेवा बन्द गर्ने गरि निषेधाज्ञा जारी भएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए ।

बैठकले अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न नपाइने निर्णय गरेको छ ।

सर्वसाधारणको आवतजावतलाई पनि निषेध गर्ने निर्णय गर्दै बैठकले खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पूर्ण प्रतिबन्ध लगाएको छ ।

मंगलबार मात्रै राजधानीमा २ सय ५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

 

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ८ : ०३ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान