१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमाले पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णय



काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले) नाम गरेको पार्टीलाई दर्ता गरेको छ ।

एमाले पार्टीका तर्फबाट आयोगमा बुझाइएको कागजपत्र प्रमाणिकरण गरेपछि बुधबार पार्टी दर्तालाई वैधानिकता दिने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र तिब्र अन्तरविरोध भैरहेको समयमा विराटनगरका सन्ध्या तिवारीको अध्यक्षता रहने गरी पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो ।

सो निवेदन परेको थाहा भएसँगै नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गम्भीर आपत्ति प्रकट गर्दै यसमा अर्का अध्यक्ष केपी शर्मा ओलीेका हात रहेको जिकिर गरेका थिए ।

आयोगमा प्राप्त हस्ताक्षरहरु प्रमाणित गर्दा सही देखिएपछि दल दर्तालाई वैधानिकता दिने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

आयोगमा एमाले दल दर्ताको निवेदनसँगै नेकपा भित्रको विवाद झन बढेको थियो ।

नेकपाभित्र प्रचण्ड–नेपाल समुहका नेताहरुले ओलीले पार्टी फुट्ने अवस्थामा एमालेलाई ब्यूँताउन डमी व्यक्ति खडा गरेर दल दर्ता गराएको आरोप लगाएका थिए ।

विवाद बढ्दै गएपछि ओली समुहले हाल मदन भण्डारी फाउन्डेशनका नाममा समानान्तर पार्टी गतिविधि संचालन गर्दै आएको छ । प्रचण्ड नेपाल समुहले पनि पार्टीभित्र आफ्नो समुहलाई बलियो बनाउन तल्लो तहसम्म छलफललाई अगाडि बढाइरहेका छन् ।

यद्यपी, पार्टीभित्र देखापरेको समस्या समाधानका लागि दुई अध्यक्षबीच युद्धबिरामसहित कार्यदल बनाउने सहमति भएपछि भने हाल नेकपा विवाद केही मत्थर देखिएको छ । महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले आफ्नो काम सुरु गरिसकेको छ ।

कार्यदलको कामकै बीचमा निर्वाचन आयोगको दल दर्ता निर्णयले पुन शंका उत्पन्न गराउन सक्ने देखिएको छ ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ४ : ०३ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान