८ बैशाख २०८१, शनिबार | April 20, 2024

रासायनिक मल अभावले छटपटिए नवलपुरका किसान



नवलपुर । नवलपुरमा रासायनिक मलको अभाव भएको छ । लामो समयसम्म भएको लकडाउन र विभिन्न डिपोमा रहेको युरिया मल सकिएपछि नवलपुरका किसानले धान बालीमा मल छर्न नपाउँदा छटपटिमा परेका छन् ।

लामो लकडाउनका कारण नवलपुरका पसल र सहकारीमा मलको अभाव भएको छ । पाए पनि महङ्गो मूल्य तिरेर किसानले मल खरिद गर्नु परेको छ । समयमै मल नपाउँदा धान उत्पादनमा कमि आउन सक्ने तनावले पसिना छुटेको छ किसानहरुको ।

कोरोनाका र लकडाउनकै कारण बाली लगाउँदादेखि नै समस्या भोग्दै आएका नवलपुरका किसानले अहिले फेरि मलको समस्या भोग्नु परेको हो । जिल्लाका कावासोती, देवचुली , हुप्सेकोट , मध्यविन्दु, विनय त्रिवेणीका किसानले मलको माग गर्दै आएपनि पाउन सकेका छैनन ।

देवचुली नगरपालिका कृषि शाखाका प्रमुख नरेन्द्र भण्डारीले देबचुलीमा समयमै मल नआउदा किसानले मलको अभाब खेप्नु परेको बताउँछन् ।

भण्डारीले लकडाउनका कारण भारतबाट मल आउन ढिलाई भएकाले मल अभाव भएको बताउँदै भारतबाट लुकिछिपि ल्याएको मल निकै महङ्गो भएको बताए ।

उनले भने, ‘यसरी ल्याईको मल गुणस्तर नहुन सक्छ त्यसैले युरिया मलको सट्टा हाललाई चिनिमल प्रयोग गर्न किसानलाई आग्रह गरेका छौ ।’ चिनि मलमा नाईट्रोजनको मात्रा अलि कम हुने भएकाले पशुजन्य मल पनि प्रयोग गर्न सल्लाह दिएको उनको भनाइ छ ।

जिल्लामा मल नपाएपछि कतिपय किसानले भारतीय सीमा नाकाबाट समेत खरिद गरेर छरेका छन् । तर अहिले नाकामा कडाइ र पुनः बन्दाबन्दी सुरु भएपछि भारतीय बजारबाट समेत मल ल्याउन सहज छैन । अवैध रूपमा आएको मल महङ्गो मूल्य तिरेर किन्नु परेको किसानको गुनासो छ

मध्यविन्दु नगरपालिकाका नगर प्रमुख चन्द्रबहादुर रानाले नगरपालिकामा पनि युरिया मलको अभाव रहेको बताउँदै हरेक दिन किसानको गुनासो आउने गरेको बताए। रानाले भने, ‘ किसानलाई सहज तरिकाले मल उपलब्ध गराउन पहल गरिरहेका छौ । सरकारले अब केही दिनमा मल आउँछ भनेको छ हेरौ के हुन्छ !’

अघिल्लो वर्ष मात्र कावासोती नगरपालिकाभित्र १३ वटा सहकारीमार्फत ३७ सय क्विन्टल युरीया मल वितरण गरिएको थियो । अहिले समयमै मल नआउँदा किसानलाई वितरण गर्न नसकिएको कावासोती नगरपालिका कृषि शाखा प्रमुख टेकराज पौडेलले बताउँछन् ।

अघिल्लो वर्ष भन्दा अहिले धान उत्पादन बढि भएकाले मलको माग पनि बढेको छ । तर संघीय सरकारले लकडाउन कै कारण मल ल्याउन ढिला भईरहेकोले अभाव सिर्जना भएको समेत पौडेलले बताए ।

जिल्लामा किसानलाई कृषि सहकारीमार्फत मल बिक्री गर्दै आएको कृषि सामग्री केन्द्र कावासोतीमा अहिले युरिया मलको अभाव छ । कावासोती केन्द्रका शोभा न्यौपानेले डिपोमा नै मल कम भएका कारण नवलपुरमा आपूर्ति हुन नसकेको बताइन् । असारदेखि नै किसानले मलको माग गरे पनि भारतबाटै आपूर्ति रोकिएको हुनाले कावासोती केन्द्रमा पनि मल अभाव रहेको उनको भनाइ छ ।

कृषि सामग्री केन्द्र कावासोतीले जिल्लाका ४० कृषि सहकारीमार्फत गत वर्ष ९ सय ९९ मेक्ट्रिक टन युरिया ९ ,सय ७ मेक्ट्रिक टन डीएपी, १ सय ३७ मेट्रिक टन पोटास विक्री वितरण गरेको केन्द्रले जनाएको छ

राम्रो मौसमका कारण यस वर्ष नवलपुरमा धान उत्पादन बढ्ने अनुमान गरिएको छ । तर, मलको अभावले उत्पादनमा कमि आउन सक्ने नवलपुर पनि हेर्दै आएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख मोहोन श्रेष्ठले विश्लेषण गरे।

श्रेष्ठका अनुसार तत्काल मलको व्यवस्था नभए धान उत्पादनमामा उल्लेख्य कमि आउन सक्छ । उनले भने, अहिले धानको लागि युरिया मल छर्ने बेला हो । युरिया मलको अभाव हुँदा धानको वृद्धि विकासमा असर पुर्याउने हुनाले कमी हुन सक्छ ।’

ज्ञान केन्द्रका अनुसार नवलपुरमा रहेको करिब ५१ हजार ४ सय ६ हेक्टर खेतीयोग्य जमिनमध्ये गत वर्ष २० हजार २ सय हेक्टर जमिनमा धानखेती गरिएको थियो । र, झन्डै ८७ हजार ९ सय ८० मेक्ट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष नवलपरमा २० हजार ३ सय २५ हेक्टरमा धान खेती गरिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहिबार  १ : ३३ बजे

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र