२५ मंसिर २०८०, सोमबार | December 11, 2023

किसानको दुखेसोः समयमा मलखाद पाउनै सकस



महेन्द्रनगर । मुलुक कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले आक्रान्त बनेका बेला यहाँका किसान भने रोपाइँको चटारोमा छन् । बर्खा लागेसँगै कोरोना त्रासदीका बीच किसानहरु खेतमा कतै धान रोपाइँ त कतै खनजोतमा भेटिन्छन् ।

कोरोनाको दोस्रो लहर ओरालो लागिरहेका बेला कञ्चनपुरका किसानहरुले भने मलखाद नपाउँदा खेती फस्टाउनेमा चिन्ता व्यक्त गरेका छन् । “न सरकारले किसानलाई कोरोना विरुद्धको खोप लगाउन लक्षित समूहमा राख्यो न त चाहिएका बेला मलखाद उपलब्ध गराउन पहल नै ग-यो”, यहाँको वेदकोट नगरपालिका-५ का लालबहादुर डगौँराले भने, “लकडाउनले बजार बन्द रहँदा मलखाद खरिद गर्न पनि सहज भएन ।”

उनले खेती गर्ने बेला हरेक समय मलखाद अभाव झेल्नुपरेको दुखेसो पोखे । भारतबाट यहाँ लुकिछिपी आउने डिएपी, युरियालगायतका रसायिनक मल आयातमा स्थानीय प्रशासनले रोक लगाउँदा किसान थप मारमा रहेको उनको भनाइ थियो ।

“बर्खाका बेला किसानहरुलाई पनि प्राथमिकतामा राखेर खोप उपलब्ध गराउनुपर्ने हो”, उनले भने, “महामारीका बेला सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, ज्येष्ठ नागरिकलाई खोप दिइए पनि उत्पादनमा लागेका किसानहरु जोखिम मोलेरै खेतमा काम गर्न बाध्य छन् ।” चीनबाट पछिल्लो समय आयात गरिएको कोरोना विरुद्धको खोप कञ्चनपुरमा सात हजारभन्दा बढी मात्रामा आएको थियो । यहाँ केन्द्रको परिपत्रअनुसार ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिक, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई उक्त खोप लगाइँदैछ ।

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका-७ हल्दुखालका स्थानीयवासी मदन चन्दले मलखाद आयातमा रोक लगाउन नहुने बताए । “कि त सरकारले किसानलाई मलखाद उपलब्ध गराउनु प-यो होइन भने सीमावर्ती भारतीय बजारबाट सहजरूपमा आयात गर्न दिनुपर्छ”, उनले भने, “एकाध बोरा मलखाद सीमामा नियन्त्रणमा लिएर कुनै ठूलो उपलब्ध हुने होइन ।” उनले भारतबाट लुकिछिपी आउने तस्करीको मल किसानले चर्को मूल्यमा खरिद गर्नुको विकल्प नरहेको बताए ।

त्यसैगरी नेपाल किसान सङ्घका केन्द्रीय सदस्य नारायणदत्त पन्तले अहिलेको परिस्थितिमा किसानले सास्ती खेप्नुपरेको बताए । “सरकारले मल दिन नसकेको परिस्थिति छ”, किसान नेता पन्तले भने, “अन्यत्रबाट ल्याउँदा प्रहरी प्रशासन लगाएर नियन्त्रणमा लिइन्छ ।” उनले समयमा खेती लगाउन मलखाद पनि समयमै पाउनुपर्नेमा जोड दिए ।

उनले चौतर्फी पीडाका बीच किसानहरु खेतीबारीमा काम गरिरहेको बताए । “किसानलाई खोप लगाउन सरकारले ध्यान देओस्”, उनले भने, “मिडियामा ठूलो मात्रामा खोप आउने भनिए पनि यहाँ किसानलाई बेवास्ता गरियो ।” लकडाउनमा किसानलाई कृषि बीउबिजन, खाद्य सामग्री र कृषि सामग्री खरिदमा सहज गर्नुपर्ने उनको भनाइ थियो ।

यहाँको कृषि ज्ञान केन्द्रका प्रमुख दिलबहादुर विष्टले जिल्लामा किसानको मागअनुसार मलखाद पाउन नसकेको बताए । उनका अनुसार कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । यो वर्ष १० प्रतिशत मात्र रोपाइँ सकिएको छ । “कृषि सामग्री संस्थान र साल्ट टे«डिङ लिमिटेडले सहकारी र समूहमार्फत किसानलाई मलखाद बिक्री वितरण गर्ने गर्छन्”, उनले भने, “कोरोना कहरका बीच किसानहरु रोपाँइमा व्यस्त हुन थालेका छन् ।” कञ्चनपुरमा दोधारा चादँनी, बेलौरी, बेल्डाँडी र पुनर्बास क्षेत्र हुँदै भारतबाट समेत खेतीको समय मलखाद आयात हुने गरेको छ । रासस

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ९ : १२ बजे

ध्रुवे हात्तीलाई रेडियोकलर जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियोकलर जडान

रास्वपाले संसदीय दलको विधान पुनःसंरचना गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान पुनःसंरचना

गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुनै सक्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालनी गरेका जनपक्षीय

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन

काठमाडौं । नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका लागि महत्वपूर्ण

उद्योगी ब्यवसायीले पठाए प्रधानमन्त्री र गभर्नरलाई आन्दोलनको चेतावनी सहितको ज्ञापनपत्र

नेपालगन्ज । बैंक तथा बित्तीयसंस्थाहरुले ज्यादती गरेको भन्दै आन्दोलित भएका