१० भदौ २०८३, बुधबार | August 26, 2026

प्युठानका कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु



बुटवल । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आज एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्यूठानका ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

मृतक स्वर्गद्वारी नगरपालिका-७, सोत्रेका स्थायी बासिन्दा हुन् । प्रवक्ता डा. गौतमका अनुसार साउन ३२ गते प्युठानमा नै संक्रमण पुष्टि भएका उनी भदौ १ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । भारतबाट रोजगारी गरेर फर्किएका उनि नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए । स्वाव जाँच गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएसँगै उनमा खोकी लाग्ने ज्वरो आउने र स्वाशप्रस्वासमा समेत समस्या देखिएपछि बुटवल ल्याइएको थियो । कोरोना बिशेष अस्पतालमा उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी थियो ।

बिहान साढे ६ बजे मृत्यु भएको उनलाई सुगर र उच्च रक्तचाप समेत रहेको डा. गौतमले बताए ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ९ : ०७ बजे

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय