काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । २४ घण्टाको अवधीमा यति ठूलो संख्यमा मृत्यु भएको यो नै पहिलो पटक हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो विवरण अनुसार १ जना महिला र १० जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो ।
मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, दोलखा, चितवन, मकवानपुर र प्युठान निवासी ती व्यक्तिको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
तर, यसको विस्तृत विवरण भने गौतमले उपलब्ध गराएनन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।
प्रतिक्रिया