२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

कोरोना संक्रमित महिलाको वीरगन्जमा मृत्यु



वीरगन्ज । वीरगन्जमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका–११ श्रीपुर निवासी ५६ वर्षीय कोरोना संक्रमित महिलाको वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा महिलाको मृत्यु भएको हो ।

गत साउन २४ गतेदेखि उपचाररत ती महिलाको शनिबार साँझ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

थाइरोइड भएकी ती महिलालाई ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।

उनको साउन २२ गते स्वाब संकलन गरिएकोमा साउन २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

तर निरन्तर स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि भेन्टिलेटरमा उपचार गर्दागर्दा उनको मृत्यु भएको प्रशासन कार्यालयले जनाएको छ ।

पर्सा जिल्लाका मात्रै २९ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ८ : १२ बजे

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने