११ बैशाख २०८१, मंगलबार | April 23, 2024

रुपन्देहीमा भाद्र १४ गते सम्म निषेधाज्ञा थप्न सिसिएमसिको सिफारिस, जिल्ला प्रशासनबाट सुचना जारी हुंदै



बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भाद्र १ गतेबाट १ साताका लागि जारी गरेको निषेधाज्ञा १ साता लम्बिने भएको छ । जिल्ला स्तरिय कोभिड १९ क्राईसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसि)को आईतबार प्रदेश ५ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बसेको बैठकले जिल्लामा १ साता निषेधाज्ञा थप्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेपछि रुपन्देहीमा भदौ १४ गतेसम्म निषेधाज्ञा जारी रहने भएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थको अध्यक्षतामा सिसिएमसिको बैठकले कोरोना भाइरसको संक्रमण बढ्दै गएको र संक्रमण समुदाय स्तरमै फैलिएको ठहर गर्दै निधेषाज्ञा जारी राख्न सिफारिस गरेको हो।

सिसिएमसिको सिफारिसका आधारमा निषेधाज्ञाको अवधि थप्ने सुचना जारी गर्ने तयारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताए । पन्थका अनुसार जिल्लास्तरीय सिसिएमसिको बैठकको सो सिफारिशका आधारमा जिल्ला प्रशासन कार्यालयले अर्को आदेश जारी गर्ने तयारी गरेको छ।

यस अघि जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा आज राती १२ बजे समाप्त हुँदै थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  २ : ३८ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना