२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क : आइतबार थप ३ जनाको मृत्यु, हालसम्म १४९ ले ज्यान गुमाए



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट आइतबार अपरान्हसम्म थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालेले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार झापा, पर्सा र सर्लाहीका तीन जनाको ज्यान गएको हो ।

झापाका ५८ वर्षीय पुरुष, सर्लाहीका ३३ वर्षीया महिला र पर्साका ५६ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जनाए ।

मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या १४९ पुगेको छ । तर, मन्त्रालयको तथ्यांक भन्दा बढी मृत्यु भएको खबर सार्वजनिक भैसकेको छ ।

बुटवल कोरोना अस्पतालमा आइतबार दुई जनाको मृत्यु भैससकेको छ भने शनिबार साँझ चितवनमा मृत्यु भएका कोरोना संक्रमितको तथ्यांक समेत मन्त्रालयले अपडेट गरेको छैन ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ५ : ०३ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा