२४ मंसिर २०८२, बुधबार | December 10, 2025

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क : आइतबार थप ३ जनाको मृत्यु, हालसम्म १४९ ले ज्यान गुमाए



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट आइतबार अपरान्हसम्म थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालेले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार झापा, पर्सा र सर्लाहीका तीन जनाको ज्यान गएको हो ।

झापाका ५८ वर्षीय पुरुष, सर्लाहीका ३३ वर्षीया महिला र पर्साका ५६ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जनाए ।

मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या १४९ पुगेको छ । तर, मन्त्रालयको तथ्यांक भन्दा बढी मृत्यु भएको खबर सार्वजनिक भैसकेको छ ।

बुटवल कोरोना अस्पतालमा आइतबार दुई जनाको मृत्यु भैससकेको छ भने शनिबार साँझ चितवनमा मृत्यु भएका कोरोना संक्रमितको तथ्यांक समेत मन्त्रालयले अपडेट गरेको छैन ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ५ : ०३ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल