१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्लाज्मा थेरापी गराएका धरानका कोरोना संक्रमितको वीपी प्रतिष्ठानमा मृत्यु



धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत धरानकै अर्का एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका ८ का ६८ वर्षीय संक्रमितको आइतबार साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रबक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार उनमा अत्याधिक खोकी, स्वास फेर्न समस्या र ज्वरो आएको थियो । त्योसँगै उच्च रक्तचाप, मधुमेह पनि थियो ।

साउन २९ गते विजयपुर हस्पिटलमा उपचारको क्रममा उनको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

त्यसपछि, साउन ३० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना भएका थिए ।

मृतक बीपी प्रतिष्ठानमा प्लाज्मा थेरापी विधिबाट उपचार गराउने पहिलो कोरोना संक्रमित हुन् ।

उनी धरानमा जग्गा तथा हार्डवेयर व्यापारी पनि हुन् ।

यससँगै धरानमा मात्रै मृत्यु हुनेको संख्या ३ पुगेको छ

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ८ : २३ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्