५ श्रावण २०८३, मंगलबार | July 21, 2026

सार्वजनिक जग्गामा भूमाफियाको रजाइँ



सिराहा । भूमाफियाहरूले सिराहामा सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएको तथ्य बाहिर आएको छ ।

गोलबजार नगरपालिका–९ स्थित किक्ता नम्बर ४२० को २ बिघा ९ कट्टा ३ धुर अर्बौं रुपैयाँ पर्ने जग्गा हो । जग्गामा पूर्व–पश्चिम लोकमार्गको केही भागमा सडक पनि पर्छन् । सुकुम्बासीको नाममा ल्याएर त्यो जग्गा १७ वर्षपछि व्यक्ति नाममा सारिएको छ ।

जग्गाधनी दर्ता श्रेस्तामा ‘सुकुम्बासीलाई वितरण गरिएको जग्गाको हक हस्तान्तरण, बेचबिखन वा कुनै किसिमले दान, दातव्य वा धितो राख्न कम्तीमा १५ वर्षसम्म पाइने छैन’ भन्ने कुरालाई टेकेर भूमाफियाहरूले १७ वर्षपछि उपभोग गर्न खोजेपछि स्थानीय जग्गा व्यक्तिको नाममा सारिएको भनेर थाहा पाएका छन् ।

राजनीतिक पहुँच र पैसाको बलमा चलखेल गरी सार्वजानिक जग्गालाई निजी बनाइएको भन्दै स्थानीयहरू विरोध गरिहेका छन् । उनीहरूले जग्गामा नेपालको राष्ट्रिय झण्डा पनि गाडेका छन् । अदालत, स्थानीय प्रशासनमा ज्ञापनपत्र बुझाउँदै सडकमा प्रदर्शन गरेका छन् ।

स्थानीयले कानुन मिचेर किर्ते कागजात तयार गरी खरिद–बिक्रीमा संलग्न सबैलाई कारबाही हुनुपर्ने माग गरेका छन् । गोलबजार नगरपालिकाले दर्ता बदर गरी सार्वजनिक जग्गा कायम गराउन माग गर्दै जिल्ला अदालतमा दुई वर्षअघि मुद्दा दायर गरेको थियो । साउन २६ मा अदालतको न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजलास नम्बर १ ले फैसला गरेको निमिक्ता श्रेस्तेदार सिताराम खड्काले बताए ।

‘वादीहरूले दाबी गरेअनुसारको प्रमाण नपुगेको देखिएको छ’, उनले भने, ‘फौजबहादुरलगायत चार जनाको नाममा चलनचल्ती कायम भएको छ ।’ जबकी नापी कार्यालयको सर्भेमा पनि बुटेयन पर्ति जग्गा भनेर उल्लेख गरिएको छ ।

साबिकको चन्द्र उदयपुर गाविस–८ (क) अन्तर्गत पर्ने किक्ता नम्बर ४२० को २ बिघा ९ कट्टा ३ धुर जग्गा २०५८ सालमा असनपुर–६ का फौजबहादुर भट्ट क्षेत्रीको नाममा सुकुम्बासी आयोगबाट आएको देखिन्छ। २०७४ असोज २२ गते गोलबजार नगरपालिका–९ का वडाअध्यक्ष रामपुकार कामतीले त्यो जग्गामा घरबाटो नरहेको भनेर सिफारिस दियो। त्यसपछि फौजबहादुरको नामबाट अर्नमा गाउँपालिका–५ कृष्णपुरकी अनितादेवी शाह र लहान–८ की वीणाकुमारी चौधरीको नाममा २०७४ कार्तिक १३ गते किनबेच भई नामसारी भएको लालपुर्जामा उल्लेख छ ।

भूमाफिया र सरकारी निकायहरूको मिलेमतोमा जग्गा भूमाफियाले कब्जा गर्न खोजिएको स्थानीय चिरन्जीवी यादवको आरोप छ । ‘वडाले नै घरबाटो नभएको सिफारिस दिनु, सोही नगरपालिकाले मुद्दा दायर गर्नु र मुद्दाको वारिसनामा त्यही वडाअध्यक्षलाई बनाइनु र मुद्दा सहजै भूमाफियाले जित्नुले जनप्रतिनिधिको संग्लनता पुष्टि गर्छ’, उनले भने, ‘पूर्व–पश्चिम लोकमार्ग भएको जग्गामा घरबाटो नभएको सिफारिस दिँदा राजस्व पनि चुहावट गरेको देखिन्छ ।’

उक्त जग्गा चोहर्वास्थित नेपाली सेनाको ब्यारेकसँगै राजमार्गबाट दक्षिण र मारुती सिमेन्टको पूर्वतर्फ पर्छ । सो जग्गामा स्थानीय बासिन्दाले वृक्षारोपण गरी बुट्यान हुर्काएर संरक्षण गरेको वर्षौं भएको थियो । किर्ते गरेर जग्गा हत्याएका व्यक्तिले पुस २०७४ मा सम्याउन डोजर ल्याएपछि मात्र त्यसको जानकारी आफूहरूले पाएको स्थानीय राजकुमार पासवान बताउँछन् । जमिन व्यक्तिको नाममा आउनेविक्तिाकै जमिनसँग सम्बन्ध नभएका व्यक्तिहरू रूख विरुवा र बुट्यान खाली गराउन एक वर्षअघि आएको र स्थानीयले उनीहरूलाई लखेटेको उनले सुनाए ।

स्थानीयले यसलाई जंगलको रूपमा संरक्षण गर्दै आएको उनले बताए। ‘स्थानीय तहको चुनाव जितेको एक हप्तामै वडासचिव तारणीप्रसाद दनुवारले कागजात मिलाएर ल्याए, आफूले सोधखोज नगरी हस्ताक्षर गरिदिएँ’, गोलबजार नपा–९ का वडाअध्यक्ष कामतीले भने, ‘गल्तीले त्यस्तो भयो । पछि जिल्ला प्रशासन र अख्तियारमा पनि आफू पुगेर बयान दिएर आएको छु ।’ यो जग्गामा आफ्नो कुनै किसिमको चलखेल नरहेको उनले सुनाए । जग्गाको सिफारिस गराउन भोला यादव नामको व्यक्ति आएको उनले सुनाए । उक्त समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ७ : १३ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत