५ श्रावण २०८३, मंगलबार | July 21, 2026

रौतहट पुजारी हत्याकाण्डको अनुसन्धान गर्न प्रदेश २ प्रहरीले पठाउयो अनुसन्धान टोलि



रौतहट । गत बुधबार राती रौतहटको माधवनारायण-२ खेसरैयामा भएको पुजारी हत्याकाण्डको अनुसन्धान गर्न प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालयले अनुसन्धान टोलि गठन गरेको छ ।

स्थानीय मन्दिरका पुजारी श्रीराम साहको हत्यका बिषयमा अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय जनकपुरले वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोख्रेलको नेतृत्वमा अनुसन्धान टोलि गठन गरेको हो । पोखरेल नेतृत्वको टोलि तालिम प्राप्त कुकुर सहित आईतबार खेसरैया पुगेको छ ।

खेसरैया पुगेको बरिष्ठ प्रहरी उपरिक्षक पोख्रेलको टोलीले आईतबारदेखि नै घटना स्थलको स्थलगत रुपमा अनुसन्धान सुरु गरेको छ । अनुसन्धानको प्रारम्भमा पुजारीले प्रयोग गर्दै आएको मोबाइल उनको पारिवारिक पृष्ठभूमि, छिमेकी, नातेदार लगायत सित सोधपुछ गरी अनुसन्धानलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक रबिराज खडकाले जानकारी दिए ।

खेसरैयास्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी साहमाथि बुधबार राति करिब साढे ९ बजे गोली प्रहार गरी हत्या भएको थियो ।
प्रहरी उपरिक्षक खड्काले हत्यामा संलग्न चाडै पक्राउ गर्ने प्रतिबद्धता ब्यक्त गर्दै विभिन्न कोणबाट अनुसन्धान जारी रहेको बताए ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ३ : ०२ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान